कैलालीको लम्किचुहा १ पुर्ब लम्किमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिदा लम्कीकै स्थानीय तप्त रावलकि छोरी सुनिता रावलको मृत्यु भएको जनाइएको छ ।
लम्की बहुमुखी क्याम्पसमा अध्यनरत सुनितालाइ क्याम्पस बाट घर फर्किने क्रममा ट्रकले ठक्कर दिएको थियो । सुनिता साइकलमा सवार रहेको जनाइएको छ ।
बि.एड प्रथम बर्षमा अध्यनरत सुनिता आज बिहान क्याम्पसको आन्तरिक परिक्षामा सहभागी भएर आउदै थिइन ।
बिहान करिब ९:२० बजे दाङ बाट महेन्द्रनगर जाँदै गरेको ट्रकले ठक्कर दिएको जनाइएको छ । आक्रोशित मृतकका परिवारले ट्रक, तोडफोड गरेका छन भने चौराहमा टायर बालेर बिरोध प्रदर्सन गरेका छन ।
