Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 27, 2026
मङ्लबार, बैशाख १५, २०८३

बर्ड फ्लूबारे सरकारले भन्यो: डराइहाल्नु पर्दैन, सजग रहनुस्

८६० जनाको मृत्यु

User Photo बिहिबार, बैशाख १९, २०७६
काठमाण्डाै ।

काठमाडौं। सरकारले इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट डराइहाल्नु पर्ने अवस्था नरहेको बताएको छ । बर्ड फ्लूबाट एक जनाको मृत्यु भएपछि सर्वसाधारणमा त्रास फैलिएको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य सावधानी अपनाए रोगबाट बच्न सकिने जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेकलाल कर्णले नियमित सावुन पानीले हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, आफ्नो वरिपरिको वातावरण सफा राख्ने, बिरामी तथा मरेका कुखुरा तथा पंक्षीबाट टाढा रहने, कुखुराको मासु राम्ररी पकाएर खानेलगायतका सावधानी अपनाइए यो रोगबाट बच्न सकिने बताए ।

मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको सावजनिक गरेको थियो । बर्ड फ्लूबाट काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको हो । उनको पहिचान खुलाइएको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त बिरामीको घाँटीको र्याल परीक्षण गर्दा भाइरसको प्रकार एकीन गर्न सम्भव नभएपछि उक्त नमुना विश्व स्वास्थ्य संगठनको कोलाबेरेटिङ सेन्टर फर इन्फ्यूएन्जा जापानमा परीक्षण गर्दा बर्ड फ्यू पुष्टि भएको हो । मन्त्रालयका अनुसार बिरामीको उपचारको क्रममा स्वासप्रश्वासमा समस्या भइ चैत १५ गते मृत्यु भएको थियो ।

बर्डफ्लुबाट मृत्यु हुने व्यक्ति ढिला गरि उपचारमा आएको र औषधि दिएर पठाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाका निर्देशक डा कर्णले जानकारी दिए ।

उनले परिवारलाई भेटेपछि उनको मृत्यु भएको थाहा पाएको बताए ।

चैत १० गते ती बिरामी ज्वरो र खोकीको लक्षण सहित बिरामी भएर अस्पताल भर्ना भएका थिए भने चिकित्सकले इन्फुएन्जाको संक्रमण भएको शंका लागि घाँटीको र्याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएपनि पुष्टि हुन नसकेपछि जापान पठाइएको थियो ।

मन्त्रालयले सो घटनापछि अरु बिरामीमा भने प्रयोगशाला परीक्षणका क्रममा उक्त भाइरसको संक्रमण नदेखिएको स्पष्ट पारेको छ ।

भाइरसले धेरैजसो पंक्षीहरुमा संक्रमण गर्ने गर्दछ भने पंक्षीहरुको मृत्यु समेत हुने गर्छ । यही क्रममा सो भाइरस मानिसमा समेत सर्ने गरेको पाइएको छ ।

सन् १९९६ मा भाइरस पत्तालागेयता हालसम्म विश्वमा ८६० जनाको मृत्यु भइसकेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.