काठमाण्डाै ।
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह चारवर्षे बि.एड पहिलो वर्षको परीक्षाफल प्रकाशन गरेको छ । परीक्षामा १७.९० प्रतिशत बिद्यार्थी पास भएका छन् ।
उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.tu.net.net.np मा पनि हेर्न सकिनेछ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशनानुसार थाहा पाउन पनि सकिनेछ । साथै ४९४९ मा पनि एसएमएस गर्न सकिन्छ ।
