Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

कञ्चनजंघा आरोहणमा गएका दुई भारतीय पर्वतारोहीको मृत्यु, चिलीका एक आरोही बेपत्ता

शव अहिले पनि घटनास्थलमै छ, तल झार्ने प्रयास हुदै

User Photo बिहिबार, जेष्ठ २, २०७६
काठमाण्डाै ।

ताप्लेजुङमा पर्ने कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई भारतीय पर्वतारोहीको ज्यान गएको छ । बुधबार राति क्याम्प–४ भन्दामाथि ८ हजार मिटरको उचाइमा मृत्यु भएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले पुष्टि गर्नुभएकाे छ।

मृत्यु हुनेमा ४७ वर्षीय विप्लव वैद्य र ४५ वर्षीय कुलापाल कन्राज रहेको उनीहरूलाई कञ्चनजंघा चढाउने एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक पासाङ शेर्पाले जानकारी दिएका छन् । अन्य चिलीका एक आरोही बेपत्ता भएका छन् । कञ्चनजंघा चढेर फर्किने क्रममा रहेका चिलीका आरोही रोर्टिगो भिभान्को बेपत्ता भएका हुन् ।

पासाङकाका अनुसार वैद्य ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघाको चुचुरोमा पुगेर फर्कदै थिए भने कुलपाल माथि चढ्दै थिए । दुबै जनालाई हाइअल्टिच्युडको समस्या भएपछि राति अबेरसम्म शेर्पाहरूले क्याम्पमा ल्याउन प्रयास गरेपनि मृत्यु भएको पासाङले जनाउनुभयाे । शव छोडेर शेर्पाहरू क्याम्पमा पुगेका उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘दुबै जनालाई हाइअल्टिच्युडको समस्या भयो, राति अबेरसम्म शेर्पाहरूले क्याम्पमा ल्याउन प्रयास गरे । तर उनीहरूको मृत्यु नै भयो, त्यसपछि शव छोडेर शेर्पाहरू क्याम्पमा पुगे ।’

मृतकहरूको शव अहिले पनि घटनास्थलमै रहेको र तल झार्ने प्रयास भइरहेको पासाङले जानकारी दिएका छन् । दुवै शव दोस्रो शिविरमा ल्याएर त्यहाँबाट भोलिसम्म काठमाडौं ल्याइने थापाले जानकारी दिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.