Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

पुलबाट हाम फालेर नायकले गरे आत्महत्या

दुःखद छ अन्तिम सन्देश

User Photo शुक्रबार, जेष्ठ ३, २०७६
काठमाण्डाै ।

४२ वर्षका नायक इसाक क्यापीले पुलबाट हाम फालेर आत्महत्या गरेका छन् । इसाक चर्चित फिल्म थोरमा आफ्नो महत्वपूर्ण भूमिकाका लागि परिचित छन् ।

यूएसए टुडेको रिपोर्ट अनुसार अभिनेताले एरिजोनाको फ्ल्यागस्टाफ नजिकैको एक पुलबाट राजमार्गमा हाम फालेर आत्महत्या गरेका हुन् । एरिजोनाको सार्वजनिक सुरक्षा विभागले यो जानकारी दिएको हो ।

रिपोर्टका अनुसार दुई पुरुषले उनलाई हाम हाल्नबाट रोक्ने कोसिस पनि गरे तर उनीहरु सफल हुन सकेनन् । हाम फालेपछि उनी एक गाडीसँग ठोक्किए जसका कारण उनको घटनास्थलमा नै मृत्यु भएको जानकारीमा उल्लेख छ ।

नायकले आत्महत्याअघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा लामो र दुखी बनाउने मेसेज लेखेका छन् ।

उनले आफ्नो पोष्टमा लेखे, ‘पछिल्लो एक हप्तामा मैले आफ्नै विषयमा विभिन्न आत्ममन्थन गरेको छु । मैले आफूले आफैंलाई राम्रो मान्छे ठान्थेँ तर म राम्रो व्यक्ति होइन । म यो भन्न चाहन्छु कि म सधैंभरी एक नराम्रो व्यक्ति नै रहेँ ।’

आफ्नो उक्त पोष्टमा उनले रक्सी र लागुऔषधसँगको संघर्षको कथा पनि बयान गरेका छन् । उनले जिसस क्राइस्ट, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र ती सबैसँग माफी मागेका छन् जसलाई उनले जानी नजानी दुःख पुर्‍याएका छन् ।

उनले थुप्रै चर्चित फिल्ममा साना भूमिका निभाएका थिए । सन् २०११ मा ब्लककस्टर फिल्म थोरमा आफ्नो भूमिकाबाट उनले सबैभन्दा धेरै चर्चा बटुलेका थिए । यसबाहेक सन् २००९ मा रिलिज भएको फिल्म ‘टर्मिनेटर साल्वेशन’ मा उनले बारबारोसा र यसै वर्ष रिलिन भएको फिल्म ‘फ्यानबोयज’ मा गरफनकेलको भूमिका निभाएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.