तपाईको शरिरमा अनावश्यक तौल बढीरहेको छ ? वा बोसो बढिरहेकोछ ? यदी छ भने त तौल घटाउन जिम, कसरत, खानामा नियन्त्रण गर्ने लगायतका सबै प्रयासहरू त गर्नु भएकोहोला । तर केही असर नदेखिदा वा कम असर देखिएर हैरान बन्नु परेको पनि हुन सक्छ । यदी त्यस्तो हो भने प्राकृतिक रूपमै निम्न तरिका बाट तौल कम गर्न सकिन्छ ।
प्राकृतिक रूपमै तौल घटाउन सबै भन्दा राम्रो र सजिलो तरिका भनेको तपाईले खाने कुराका रूपमा घ्युकुमारी खान सुरू गर्नु वा घ्युकुमारीको जुस पिउन सुरू गर्नु हो ।
यसले तौल घटाउन त मदत गर्छ नै । साथै पाचन प्रक्रियामा फाइदा अनि पेट सम्वन्धी समस्यामा पनि राहात पनि पुर्याउछ । हप्तामा तिन पटक यसको जुस सेवनले नै तपाइ यसको असरकाे अनुभव हुनेछ ।
तर यदी तपार्इलाइ शुगर वा चिनी रोग छ भने सेवन नगर्नुहोला । घ्युकुमारीको जुस पिउदा मिठो भने नलाग्न सक्छ किनकी यस्को स्वाद तितो हुने गर्छ । यदी स्वादकै कारण पिउन सक्नु भएन भने केही मात्रामा चिनी मिसाएर पनि पिउन सकिन्छ ।
जुस तयार गर्ने तरिका
१). एक पत्ता घ्युकुमारी र एक कप पानी लिनुहोस ।
२). एक चक्कु लिनुहोस र घ्युकुमारीको पातको बाहिरको पत्र पुरै हटाउनुहोस ।
३). यसको भित्र रहेको पहेँलो भाग पनि प्रयोग नगर्नुहोस, मात्र यसमा भएको जेल निकाल्नुहोस ।
४). उक्त जेलको लगभग ठुलो चम्चाको दुइ चम्चा र दुइ गिलास पानी मिक्सचर वा कुनै भाडोमा हाल्नुहोस र आपसमा पुर्णरूपमा नमिसिए सम्म मिक्स गर्नुहोस ।
यसरी तयार जुस ताजा नै पिउनुहोस । यसलाइ हप्तामा कम्तीमा ३ पटक सेवन गर्नुहोस । तर यस संगै कुनै पनि तपाइको डाइटमा कम वा बढी गर्न भने तपाइको आवश्यकता अनुसार डाक्टर संग सल्लाह लिन पनि सक्नुहुनेछ ।
