Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

यसरी बनाउनुहाेस घ्युकुमारीकाे जुस, जस्ले घटाउने छ प्राकृतिक रूपमै शरिरकाे बाेसाे

शुगर वा चिनी रोग छ भने सेवन नगर्नुहोला

User Photo शुक्रबार, जेष्ठ ३, २०७६
काठमाण्डाै ।

तपाईको शरिरमा अनावश्यक तौल बढीरहेको छ ? वा बोसो बढिरहेकोछ ? यदी छ भने त तौल घटाउन जिम, कसरत, खानामा नियन्त्रण गर्ने लगायतका सबै प्रयासहरू त गर्नु भएकोहोला । तर केही असर नदेखिदा वा कम असर देखिएर हैरान बन्नु परेको पनि हुन सक्छ । यदी त्यस्तो हो भने प्राकृतिक रूपमै निम्न तरिका बाट तौल कम गर्न सकिन्छ ।

प्राकृतिक रूपमै तौल घटाउन सबै भन्दा राम्रो र सजिलो तरिका भनेको तपाईले खाने कुराका रूपमा घ्युकुमारी खान सुरू गर्नु वा घ्युकुमारीको जुस पिउन सुरू गर्नु हो ।

यसले तौल घटाउन त मदत गर्छ नै । साथै पाचन प्रक्रियामा फाइदा अनि पेट सम्वन्धी समस्यामा पनि राहात पनि पुर्याउछ । हप्तामा तिन पटक यसको जुस सेवनले नै तपाइ यसको असरकाे अनुभव हुनेछ ।

तर यदी तपार्इलाइ शुगर वा चिनी रोग छ भने सेवन नगर्नुहोला । घ्युकुमारीको जुस पिउदा मिठो भने नलाग्न सक्छ किनकी यस्को स्वाद तितो हुने गर्छ । यदी स्वादकै कारण पिउन सक्नु भएन भने केही मात्रामा चिनी मिसाएर पनि पिउन सकिन्छ ।

जुस तयार गर्ने तरिका

१). एक पत्ता घ्युकुमारी र एक कप पानी लिनुहोस ।

२). एक चक्कु लिनुहोस र घ्युकुमारीको पातको बाहिरको पत्र पुरै हटाउनुहोस ।

३). यसको भित्र रहेको पहेँलो भाग पनि प्रयोग नगर्नुहोस, मात्र यसमा भएको जेल निकाल्नुहोस ।

४). उक्त जेलको लगभग ठुलो चम्चाको दुइ चम्चा र दुइ गिलास पानी मिक्सचर वा कुनै भाडोमा हाल्नुहोस र आपसमा पुर्णरूपमा नमिसिए सम्म मिक्स गर्नुहोस ।

यसरी तयार जुस ताजा नै पिउनुहोस । यसलाइ हप्तामा कम्तीमा ३ पटक सेवन गर्नुहोस । तर यस संगै कुनै पनि तपाइको डाइटमा कम वा बढी गर्न भने तपाइको आवश्यकता अनुसार डाक्टर संग सल्लाह लिन पनि सक्नुहुनेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.