Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 28, 2026
मङ्लबार, बैशाख १५, २०८३

सस्‌को बोतलभित्र सुर्तीको खोल

User Photo सोमवार, जेष्ठ ६, २०७६
बेनी ।

म्याग्दीमा ससको बोतलभित्र सुर्तीको खोल भेटिएको छ। रघुगंगा गाउँपालिको केन्द्र मौवाफाँटमा रहेको एक खाजा पसलमा सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो।

आइतबार दिउँसो खाजा खान गएका ग्राहकहरूलाई पसल सञ्चालकले ससको बोत्तल दिएका थिए। अखाद्य बस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायव सुब्बा दयाराम पौडेलले जानकारी दिए।

तिरुपती फुड्स एन्ड बेभरेजले २०१८ नोबेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समयअवधि उल्लेख छैन। ७०० मिलिलिटरको बोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसँग देखिन्छ।

सस चाउमिन, मम लगायत परिकार बनाउन प्रयोग गरिन्छ। ग्रामीण बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य बस्तुको बिक्री हुने गरेको गुनासो बढेको छ।

स्थानीय प्रशासनको बजार अनुगमन सदरमुकाममा केन्द्रित रहदै आएको छ। बजार अनुगमनलाई ग्रामीण बजारमा विस्तार गर्न लागिएको प्रजिअ लीलाधर अधिकारीले बताए।

उनका अनुसार प्रत्येक महिनाको पहिलो सोमबारका दिन स्थानीय तहका ग्रामीण बजारमा संयुक्त बजार अनुगमन गरिने भएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.