Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

दश लाख रुपैया दिए केपी ओलीलाई मारिदिन्छु भन्ने किराना व्यापारी पक्राउ

साइबर अपराध मुद्दाअर्न्तगत कारबाही हुन्छ- प्रहरी

User Photo सोमवार, जेष्ठ ६, २०७६
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्नका लागी कसैले आफुलाई दश लाख रुपैया दिए मारिदिन्छु भन्दै सामाजिक सञ्‍जालमा टिप्पणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले डिल्लीबजारबाट लालबहादुर तामाङलाई पक्राउ गरेको हो । तामाङ सिन्धुपाल्चोक स्थायी घर भई डिल्लीबजारमा किराना पसल सञ्‍चालन गर्दै आईरहेको अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हमला भन्दै सामाजिक सञ्‍जालमा लेखेको स्टाटसमा दश लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिने भन्‍दै प्रतिक्रिया दिएका थिए । एसएसपी थापाका अनुसार उनलाई साइबर अपराध मुद्दाअर्न्तगत कारबाही गरिने भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.