प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्नका लागी कसैले आफुलाई दश लाख रुपैया दिए मारिदिन्छु भन्दै सामाजिक सञ्जालमा टिप्पणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले डिल्लीबजारबाट लालबहादुर तामाङलाई पक्राउ गरेको हो । तामाङ सिन्धुपाल्चोक स्थायी घर भई डिल्लीबजारमा किराना पसल सञ्चालन गर्दै आईरहेको अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हमला भन्दै सामाजिक सञ्जालमा लेखेको स्टाटसमा दश लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिने भन्दै प्रतिक्रिया दिएका थिए । एसएसपी थापाका अनुसार उनलाई साइबर अपराध मुद्दाअर्न्तगत कारबाही गरिने भएको छ ।
