साउदी अबरको शहर नजरानमा यो हमला यस्तो अवस्थामा भएको हो जब इरानले युरेनियम सम्बर्द्धन क्षमता बढाउने घोषणा गरेको छ ।
ड्रोन हमलाबारे हुतीको अल मसिराह स्याटलाइट न्यूज च्यानलले बताए अनुसार हुती विद्रोहीले कासेफ–२ को ड्रोनबाट नजरानमा एक एयरपोर्टलाई निशाना बनाएर हमला गरेको हो । नजरान रियादबाट ८४० किलोमिटर टाढा छ । यो साउदी अरब–यमनको सीमा नजिकै छ ।
हुती विद्रोहीले आजकाल यो शहरलाई निशाना बनाउँदै आएको छ । यसअघि साउदी सरकारी एजेन्सीले कर्नल तुर्क अल–मलिकीलाई उद्धृत गर्दै हुती विद्रोहीदले नजरानमा सिभिल साइटलाई लक्ष्य बनाउने कोसिस गरेको थियो । यद्यपी, उनले यसबारे विस्तृत जानकारी भने दिएनन् ।
