Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

फेसबुकमा नग्न तस्वीर शेयर गर्न बन्देज लगाएको विरोधमा न्युयोर्कमा निर्वस्त्र प्रदर्शन

User Photo बिहिबार, जेष्ठ २३, २०७६
काठमाण्डाै ।

अमेरिकाको न्युयोर्कस्थित फेसबुकको कार्यालय बाहिर सयौँ महिलाहरुले निर्वस्त्र भएर प्रदर्शन गरका छन् । महिलाहरुप्रति फेसबुकले कठोर नियम अख्तियार गरेको भन्दै सेन्सरसीप विरुद्धको राष्ट्रिय गठबन्धनले कलाकार स्पेन्सर ट्युनिकको साथमा नग्न प्रदर्शन आयोजना गरेको हो ।

विरोध प्रदर्शनका क्रममा मानिसहरु नग्न भएर फेसबुक कार्यालय अगाडिको सडकमा सुतेका थिए र हातमा वक्षस्थलको प्रतिरुप बोकेका थिए । फेसबुकले महिलाका वक्षस्थलका तस्वीर शेयर गर्न बन्देज लगाएको विरोधमा न्युयोर्कमा निर्वस्त्र प्रदर्शन गरिएको हो ।

उक्त प्रदर्शनको नाम ‘वी दी निप्पल’ राखिएको छ । उक्त ह्यासट्यागलाई सोसल मिडियामा पनि निकै प्रचार गरिएको छ । महिला प्रदर्शनकारीहरुले आफ्ना शरीरलाई पुरुषको छातिको प्रतिरुपले ढाकेका थिए ।

स्मरण रहोस् प्रदर्शनमा उत्रिएका टनिक न्यूड फोटोग्राफीका लागि चर्चित छन् । वर्षौंदेखि उनले नग्नता विरोधी यस्ता खालका कानून तथा नीतिहरुको विरोध गर्दै आएका छन् । उनको फेसबुक पेज सन् २०१४ मा प्रतिबन्धमा परेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.