Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

सलमान खानले सेक्युरिटी गार्डलाई झापड हानेकाे भिडियाे भाइरल (भिडियाे सहित)

User Photo बिहिबार, जेष्ठ २३, २०७६
काठमाण्डाै ।

सलमान खान अभिनित चलचित्र ‘भारत’ जनवरी ५ मा रिलिज भइसकेको छ । भर्खरै मुम्बईको एक मलमा यस फिल्मको प्रिमियर राखिएको थियो । मलमा सलमान खान पुग्ने बित्तिकै उनलाई हेर्नका लागि फ्यानहरुले चारैतिरबाट घेरेका थिए । यही भीडमा एकजना सानो बच्चासँग सेक्युरिटी गार्डले दुर्व्यवहार गरेको देखेपछि सलमान खानले ती सेक्युरिटी गार्डलाई झापड लगाएका छन् ।

यतिबेला इन्टरेटमा यही घटनाको भिडियो भाइरल भइरहेको छ । भिडियोमा मलमा सलमानलाई हेर्न फ्यानहरुको घुइँचो लागेको छ । भीडलाई हटाउँदै सेक्युरिटी गार्डहरु बाटो बनाइरहेका छन् । त्यसैबीच सलमानले सेक्युरिटीमा खटिएका एक जना गार्डलाई झापड लगाइदिएका छन् ।

भीडमा रहेका ती साना फ्यानलाई सेक्यूरिटी गार्डले ध्यानै नदिएर धकेलेपछि सलमान खानले रिसले सेक्यूरिटी गार्डको गालामा झपड लगाइदिएका हुन् ।

सलमान खानका फ्यानले यो घटनाको भिडियो रेकर्ड गरेर सार्वजनिक गरेका हुन् । साथै फ्यानहरुले सलमानको प्रशंशा गर्दै सलमानको मन धेरै ठूलो रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा यतिबेला यो भिडियोलाई लिएर विवाद सुरु भएको छ । एक पक्षले सलमान खानले आफ्ना फ्यानका लागि गरेका यो व्यवहारको प्रशंसा गरिरहेका छन् भने अर्को पक्षले उनको यो व्यवहार गलत भएको बताएका छन् ।

सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘भारत’ले रिलिज भएको पहिलो दिनबाटै दर्शक तथा फिल्म समिक्षकको राम्रो साथ पाइरहेको छ । यस फिल्ममा सलमान खानसँगै कट्रिना केफ, दिशा पटानी, सुनील ग्रोवर, ज्याकी श्राफ तब्बुलगायतका कलाकारको अभिनय रहेको छ ।

 


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.