Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 28, 2026
बुधबार, बैशाख १६, २०८३

अहिलेकाे अवस्थामा सुधार ल्याउनकै लागी अध्यक्षमा मेराे उम्मेद्वारी हाे- अधिवक्ता आरसी गाैतम

"सक्षम र स्वतन्त्र न्यायपालिकाका लागी नेपाल बारले जती गर्नु पर्थ्याे, अहिलेकाे अवस्था त्याे छैन"

User Photo शुक्रबार, जेष्ठ ३१, २०७६
काठमाण्डाै ।

काठमाडौं जिल्ला बार इकाईमा आगामी असार १४ गते नयाँ नेतृत्वकाे लागी निर्वाचन हुँदैछ । निर्वाचन नजिकिदै जादा इकाई संग आवद्ध कानुन व्यावशायीमा चुनावी राैनक बढ्दै गएकाे छ । देशकै सबैभन्दा धेरै कानुन व्यवसायीहरु आबद्ध भएकाले पनि काठमाण्डाै जिल्ला अदालत बार इकाईकाे चुनावले बिशेष महत्व र चर्चा पाउने गर्छ ।

चुनावी चर्चा संगै अध्यक्षका उम्मेद्वार चर्चित युवा कानुन व्यावशायी रामचन्द्र (आरसी) गाैतम पनि चुनावी प्रचार प्रसारमा व्यस्त छन । उनलाई नव प्रवेशी देखी सिनियर कानुन व्याशायीकाे समेत समर्थन बढदै गएकाे चुनावी माहाेलले देखाइरहेकाे छ ।

केही फरक साेच र फरक गर्ने उद्देश्य बाेकेर मात्र जाे काेही नेतृत्वमा आउनु पर्छ भन्ने गाैतम पछिल्लाे समय कानुन व्यावशायीलाइ हेर्ने समाजकाे दृष्टीकाेणबाट चिन्तित छन । उनी भन्छन “कानुन व्यावशायी संविधानले सम्बाेधन गरेकाे पेशा हाे तर अहिले तल्लाे लेभलकाे रूपमा हेरिन्छ । अवकाे आवश्यकता भनेकाे देश बनाउने सन्दर्भमा राजनिती भन्दा पनि कानुन व्यावशायीकाे भुमिका बढी महत्वपुर्ण हुन्छ भन्ने साेच विकाश गर्नु हाे ।”

सबैले अनुभव गरेका यस क्षेत्रका विकृती विसंगती हटाउन भुमिका खेल्ने मुख्य उद्देश्य बाेकेर नेतृत्वमा आउन चाहेकाे उनी बताउछन। कानुन व्यावशाय अरू भन्दा फरक व्यावशाय तथा सामाजिक सेवा सहितकाे व्यावशाय हाे । तर कानुन व्यावशायीकाे छाता संगठन नेपाल बारकाे भुमिका, यसकाे नेतृत्वकाे कारण घटदै गएकाे गाैतमकाे दावी छ ।

नेपालबारले आवश्यक भुमिका निभाउन सकेकाे छैन । सक्षम र स्वतन्त्र न्यायपालिकाका लागी नेपाल बारले जती गर्नु पर्थ्याे अहिलेकाे अवस्थामा हुन सकिरहेकाे छैन । उनी भन्छन, “याे अबस्थामा सुधार ल्याउनकै लागी मेराे उम्मेद्वारी हाे ।”

गाैतम २०६४ साल देखी निरन्तर कानुन व्यावशायमा छन । कानुनमा एलएलएम सम्मकाे अध्ययन छ । निरन्तर वकालत गर्नुका साथै विभिन्न क्याम्पसमा अध्यापन समेत उनले गरिरहेकाछन । नेपाल बारकाे सम्मेलनहरूमा कार्यपत्र प्रस्तुत गर्ने देखी सञ्चार माध्यममा कानुनका विभिन्न विषयमा लेखेर, बाेलेर सुसुचित गर्ने तथा कानुन व्यावशायीकाे मर्यादा र हकहीतकाे लागी वकालत समेत गर्दै आएका छन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.