Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 28, 2026
बुधबार, बैशाख १६, २०८३

विश्वकप क्रिकेट: भारतसँग पाकिस्तान ८९ रनले पराजित

User Photo सोमवार, असार २, २०७६
काठमाण्डाै ।

विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो ।

३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले ३०२ रनको लक्ष्य पाएको थियो ।

पाकिस्तानले ४० ओभरमा ६ विकेटको क्षतिमा २१२ रन मात्रै बनाएपछि ८९ रनले हार ब्यहोरेको हो । पाकिस्तानका लागि फखर जमानले ६२ रन बनाए । त्यस्तै, बाबर अजामले ४८ रन बनाउँदा इमाद वासिमले अविजित ४६ र शादब खानले अविजित २० रन बनाए ।

विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानलाई वर्षाले निकै दुःख दियो । यता, भारतका लागि विजय शंकर, हार्दिक पाण्ड्या र कुलदीप यादवले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३३६ रन बनाएको थियो । भारतको लागि ओपनर रोहित शर्माले शतक बनाउँदै उकासेका थिए । रोहितले १४० रन बनाएर आउट भए । उनले ११३ बलमा १४ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर केएल राहुलले ५७ रन बनाए ।

पहिलो विकेटका लागि रोहित र राहुलले १३६ रनको साझेदारी गर्दै भारतलाई उकासेका थिए । त्यस्तै, विराट कोहली ७७ रन बनाउँदा हार्दिक पाण्ड्या भने २६ रनमा आउट भए । बलिङतर्फ मोहम्मद अमिरले तीन विकेट लिएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.