Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 28, 2026
बुधबार, बैशाख १६, २०८३

आज वेष्ट इन्डिजले बंगलादेविरुद्ध प्रतिस्पर्धा गर्दै

User Photo सोमवार, असार २, २०७६
काठमाण्डाै ।

विश्वकप क्रिकेटमा आज वेष्ट इन्डिजले बंगलादेविरुद्ध प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा वेष्ट इन्डिज र बंगलादेशबीचको खेल सुरु हुनेछ ।

बंगलादेश र वेष्ट इन्डिज दुवै टिमले दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा भने अंक बाँडेका छन् । वेष्ट इन्डिजले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै जित हात पारेको थियो । तर दोस्रो खेलमा अष्ट्रेलियासँग १५ रनले पराजित भयो । आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध भने पानी परेपछि रद्द भएसँगै अंक बाँडेको थियो । अर्को खेलमा भने वेष्ट इन्डिज इंग्ल्यान्डसँग आठ विकेटले पराजित हुन पुग्यो ।

यता, बंगलादेशले भने आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्‍यो । तर आफ्नो दोस्रो खेलमा भने न्युजिल्यान्डसँग दुई विकेटले पराजित भयो । त्यस्तै, इंग्ल्यान्डविरुद्धको खेलमा बंगलादेश १०६ रनले पराजित भयो । श्रीलंकाविरुद्धको खेल भने वर्षा भएपछि अंक बाँडेको थियो ।

बंगलादेश टिम 

मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।

वेष्ट इन्डिज टिम 

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.