Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 28, 2026
बुधबार, बैशाख १६, २०८३

चिलीलाई हराउँदै उरुग्वे समूह विजेता

User Photo मङ्लबार, असार १०, २०७६
काठमाण्डाै ।

उरुग्वे कोपा अमेरिका फुटबलमा समूह सी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार विहान भएको खेलमा चेलीलाई १-० गोलअन्तरले पराजित गर्दै उग्रुवे क्वाटरफाइनलमा प्रवेश गरेको हो । यद्यपि चिली पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको उरुग्वेले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै गोल गर्न सफल भयो । खेलको ८२ औं मिनेटमा इडिन्सन काभनीको गोलमा उरुग्वेले अग्रता बनाएको थियो ।

उग्रुवेलाई दबाबमा राखेपनि चिलीले गोल गर्न भने सकेन । समूह चरणमा अपराजित रहेको उरुग्वेले खेलेको तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै ७ अंक बनाएको छ । चिली पनि दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंकको साथ क्वारटफाइनलमा प्रवेश गरेको हो ।

आजै भएको अर्को खेलमा भने जापानले इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.