Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

आज श्रीलंका र दक्षिण अफ्रिका भिड्दै, श्रीलंकालाई जित्नै पर्ने बाध्यता

User Photo शुक्रबार, असार १३, २०७६
काठमाण्डाै ।

विश्वकप क्रिकेटमा आज श्रीलंकाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड मैदानमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा श्रीलंका र दक्षिण अफ्रिकाबीचको खेल सुरु हुँदैछ । दुई टिम जितको खोजीमा हुनेछन् ।

सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि आजको खेल श्रीलंकाको लागि जित्नै पर्ने हुन्छ । तर पराजित भएमा श्रीलंकाको सेमिफाइनल पुग्ने सम्भावना कमजोर हुनेछ । ६ खेलमध्ये दुई खेलमा जित दुई खेलमा हार र दुई खेल वर्षाको कारण रद्द भएपछि अंक बाँडेको श्रीलंकाको ६ अंक छ ।

अहिले अंक तालिकाको सातौं स्थानमा रहेको श्रीलंका अन्तिम चारमा पर्दै सेमिफाइनलमा स्थान बनाउनका लागि उसले अबको सबै खेल जित्नु पर्ने हुन्छ । एक खेल हारेको खण्डमा पनि श्रीलंका सेमिफाइनलमा पुग्ने सम्भावना हुन्छ । तर पाकिस्तान र इंग्ल्यान्डले बाँकी सबै खेल हार्नु पर्ने हुन्छ ।

यता, दक्षिण अफ्रिका भने विश्वकप क्रिकेटबाट बाहिरिसकेको छ । उसले खराब प्रदर्शन गर्दै एक खेलमा मात्रै जित र पाँच खेलमा हार तथा एक खेल पानी परेपछि अंक बाँड्दै तीन अंक बनाएको छ । खराब लयमा रहेको दक्षिण अफ्रिकाको अबको खेल उसको प्रतिष्ठाको लडाईँ मात्रै हुनेछ ।

श्रीलंका टिम 

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।

दक्षिण अफ्रिका टिम

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, बेउरन हेन्ड्रिक्स लंगी नगिडी, डवान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.