Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

सुदूरपश्चिमः विकास बजेट खर्च गर्न नसक्ने सरकार द्वारा एक बर्षमा २९ कराेडका गाडी खरिद

User Photo मङ्लबार, असार ३१, २०७६
काठमाण्डाै ।

सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा २९ करोडभन्दा बढीका गाडी खरिद गरेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेकाे प्रदेशले मन्त्री र कर्मचारीको सेवाका लागि भने करोडौँको गाडी खरिद गरेको हो ।

०७५/७६ मा ३० वटा लक्जरियस गाडी, ४८ वटा मोटरसाइकल, १६ वटा एम्बुलेन्स खरिद गरेको हो । जसमा प्रदेश सरकारले २९ करोड १९ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यमन्त्री त्रिलोचन भट्ट चढ्ने गाडीसहित ८ वटा पुरानै गाडी छन् । मुख्यमन्त्री भट्टले १ करोडभन्दा बढी पर्ने टोयटा कम्पनीको फरचुनर मोडेलको गाडी चढ्दै आएका छन् । यद्यपि, मन्त्रालयले थप नयाँ ८ वटा मोटरसाइकल र २ वटा गाडी खरिद गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.