Kanoon Post
बिहिबार, बैशाख २०, २०८१/ May 2, 2024,
बिहिबार, बैशाख २०, २०८१

सुदूरपश्चिमः विकास बजेट खर्च गर्न नसक्ने सरकार द्वारा एक बर्षमा २९ कराेडका गाडी खरिद

काठमाण्डाै ।

सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा २९ करोडभन्दा बढीका गाडी खरिद गरेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेकाे प्रदेशले मन्त्री र कर्मचारीको सेवाका लागि भने करोडौँको गाडी खरिद गरेको हो ।

०७५/७६ मा ३० वटा लक्जरियस गाडी, ४८ वटा मोटरसाइकल, १६ वटा एम्बुलेन्स खरिद गरेको हो । जसमा प्रदेश सरकारले २९ करोड १९ लाख १६ हजार रुपैयाँ खर्च गरेको छ ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यमन्त्री त्रिलोचन भट्ट चढ्ने गाडीसहित ८ वटा पुरानै गाडी छन् । मुख्यमन्त्री भट्टले १ करोडभन्दा बढी पर्ने टोयटा कम्पनीको फरचुनर मोडेलको गाडी चढ्दै आएका छन् । यद्यपि, मन्त्रालयले थप नयाँ ८ वटा मोटरसाइकल र २ वटा गाडी खरिद गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading