Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

विश्वकपको फाइनल खेलमा बराबर भए दुवै टोलीलाई संयुक्त विजेता घोषित गरिनुपर्छ

User Photo बुधबार, साउन १, २०७६
काठमाण्डाै ।

न्युजिल्यान्डको राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक गेरी रेमन्ड स्टेडले विश्वकप फाइनलको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्नो नियम परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन्। उनले विश्वकपको फाइनल खेल बराबरी भएमा दुवै टोलीलाई संयुक्त विजेता घोषित गरिनुपर्ने धारणा व्यक्त गरेका हुन्।

गत आइतबार सम्पन्न १२औं विश्वकपको फाइनल खेल बराबरीमा सकिएपछि हारजितको निर्णय सुपर ओभरबाट लिइएको थियो। फाइनलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ४१ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको आयोजक इङ्ल्यान्डले पनि दुई सय ४१ रन नै बनाएको थियो।

त्यसपछि सुपर ओभरमा इङ्ल्यान्डले कुनै पनि विकेट नगुमाई दुई चौकाको मद्दतले १५ रन बनायो। जवाफमा न्युजिल्यान्डले पनि एक छक्काको मद्दतले एक विकेट गुमाएर १५ रन नै बनायो। सुपर ओभरमा पनि दुवै टोलीको बराबरी रन भएपछि बढी बाउन्ड्री प्रहार गरेको आधारमा इङ्ल्यान्डलाई विजेता घोषित गरिएको थियो। फाइनल खेलमा (सुपर ओभरसहित) इङ्ल्यान्डले २४ चौका र दुई छक्का हिर्काएको थियो। न्युजिल्यान्डले भने १४ चौका र तीन छक्का प्रहार गरेको थियो।

प्रशिक्षक स्टेडले आईसीसीको उक्त नियम न्यायोचित नभएको गुनासो गरे। ‘आईसीसीका पदाधिकारीले नियम बनाउँदा विश्वकपको फाइनल खेल यस्तो रोमाञ्चक मोडमा पुग्ला भनेर कल्पना गरेका थिएनन् होला। मेरो विचारमा अब आईसीसीले यस्तो नियम परिवर्तन गर्नु आवश्यक छ’, उनले भनेका छन्।

उनले विश्वकपको फाइनल खेल बराबर भएमा दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिनुपर्ने दाबी गरे। ‘परिस्थिति र व्यवहारले धेरै कुरा सिकाउँछ। त्यसैले आगामी दिनमा नियम परिवर्तन गर्नु आवश्यक छ’, उनले भने, ‘दुवै टोलीले समान रन बनाउँदा पनि एउटा टोलीलाई उपाधिबाट वञ्चित गरिनु दुःखद् पक्ष हो।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.