Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

रोल्पा पहिरो : एकै परिवारका ६ जनाको शव फेला

User Photo शुक्रबार, भदौ २७, २०७६
काठमाण्डाै ।

बुटवल । रोल्पाको थवाङ गाउँपालिका–२ (साविकको थवाङ गाविस ७) छेर्लोबाङमा पहिरोले पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । शुरुमा आमाछोराको मात्र शव फेला परेको थियो । अहिले बेपत्ता भनिएका अन्य ४ जनाको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार र शुक्रबार बिहान परेको अबिरल बर्षाका कारणले छेर्लाेबाङमा पहिरोले घर पुरिँदा तीन बालबालिकासहित ६ जनाको शव निकालिएको रोल्पाका प्रहरी नायब उपरिक्षक चित्र बहादुर गुरुङले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ छेर्लोबाङकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा अशल बुढा, श्रीकुमारीका ३८ वर्षीय जेठाजु जय बुढा, बुढाका श्रीमती र दुई छोरी रहेका छन् । बुढाकी ३६ वर्षीया श्रीमती मुल ज्योती, ९ वर्षीया छोरी देवकी र २ वर्षीया छोरी करिश्माको पनि पहिरोमा परेर मृत्यु भएको गुरुङले जानकारी दिए ।

मृत्यु हुनेहरुको सबैको शव निकालिएको छ ।

घरमाथिको शहीदमार्गको सडक भासिएर पहिरो खसेको हो । सदरमुकामबाट ७४ किलोमिटर उत्तरमा रहेको उक्त स्थानमा जिल्लाबाट उद्दारका लागि जान कठिन मानिन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.