Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

दशैंमा घर फर्कनेलाई सिमानामा भारतीय सुरक्षाकर्मीले दिने दुःख रोक्न गृहमन्त्रालयलाई निर्देशन

User Photo बिहिबार, अशोज २, २०७६
काठमाण्डाै ।

काठमाडौं। राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले दशैंका बेला भारतबाट नेपाल फर्किनेहरुलाई सुरक्षा दिन गृहमन्त्राललाई निर्देशन दिने निर्णय गरेको छ ।

बिहिबार राष्ट्रियसभा अन्तर्गतको सुशासन तथा दिगो विकास समितिको बैठकले नेपाल प्रवेश गर्ने नाकामा भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई दुःख दिने भएकोले भारतसँग सिमा जोडिएका जिल्लाका सिडियोलाई नेपालीहरुको सुरक्षाका लागि पूर्व सर्तकता अपनाउनका लागि गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

यस्तै समितिले दशैतिहार लक्षित बजार अनुगमनको अवस्था बुझ्न उपसमिति गठन गरेको छ । चाडपर्व लक्षित अनुगमनको अध्ययनका लागि ३ वटा उपससिमित बनाउने निर्णय भएको हो । सडक तथा हवाई यातायातको भाडा लगायत अन्य ब्यवस्थापनको बारेमा अनुगमन गर्न समिति सदस्य भिम कुमार विकको नेतृत्वमा महेश महरा, कविता बोगटी र कर्मचारी इन्द्र विलास पौडेल रहेको उपसमिति बनाइएको छ ।

स्तै दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्तिको व्यवस्था बारेमा अनुगमन गर्न कालीबहादुर मल्लको नेतृत्वमा भैरव सुन्दर श्रेष्ठ, चक्र स्नेही, प्रमिला कुमारी, राजेन्द्र उप्रेती र कर्मचारी कमला वली रहेको उपसमिति बनाइएको छ । यस्तै बजारमा खाद्यवस्तुको मूल्य तथा नापतौलको बारेमा भएको बजार अनुगमनका लागि डा. विमलाई राई पौडेलको नेतृत्वमा सरिता प्रसाई, रमेश जंग रायमाझी र समिति सचिव निर्मला लामिछाने सहतिको उपसमिति बनाइएको छ । उनीहरुलाई सरकारले गरेको व्यवस्थापनबारेमा बुझेर रिर्पोट तयार गर्ने जिम्मेवारी दिइएको छ ।

यस्तै समितिले राष्ट्रिय सभामा नेकपाका प्रमुख सचेतक दिनानाथ शर्मा र दिगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्टको सेप्टेम्बर २३ देखि ३० सम्म संयुक्त राष्ट्रसंघले गर्ने दिगो विकास सम्बन्धी कार्यक्रममा भाग लिन अमेरिका जाने कार्यक्रमको सफलताको कामना समेत गरेको छ ।

निर्णय अघि भएको समितिको बैठकमा सांसदहरुले बजारमा मूल्य बृद्धि बढेको, दशैंमा काठमाडौं बाहिर जान बस तथा हवाई यातायातको भाडादर चर्को हुने भएकोले त्यसबारे छलफलका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई समितिमा बोलाउन माग गरेका थिए ।

सांसद कविता बोगटीले चाडपर्वका बेला सिमानामा नेपाली ठगिने भएकोले उनीहरुको सुरक्षाका लागि सरकारलाई निर्देशन दिन आग्रह गरिन् । साथै बजारमा खाद्यबस्तुको मूल्यबृद्धि हुँदा पनि सरकारले नियन्त्रण नगरेको र दशंैमा काठमाडौं बाहिर जाँदा बसमा कोचाकोच गरेर जानुपर्ने भएकोले त्यसका लागि सरकारको ध्यानाकर्षण गर्नुपर्ने बताईन ।

यस्तै सांसद भैरबबहादुर श्रेष्ठले दशैंमा हवाई यातायात धेरै महँगो हुने बताउँदै निजी हवाई कम्पनीको टिकेटको अनुगमन गर्नुपर्ने र त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्न मन्त्रीलाई बाढा व्यवस्थापनका लागि आग्रह गर्नुपर्ने बताए ।

उनले अघिपछि पाँच, छ हजार हवाई भाडा हुनेमा दशैका बेला एघार बाह्र हजारसम्मको टिकेट किन्नुपर्ने बाध्यता हुने बताए । यस्तै सांसद दिनानाथ शर्माले समितिमा छलफलका लागि सबै मन्त्री नआउने भन्दै चाडपर्वमा बजार तथा यातायात क्षेत्र व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिन आग्रह गरे । यस्तै सांसद कालीबहादुर मल्लले दशैंका बेला हवाई उडान थप गर्न लगाउनुपर्ने बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.