Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

यि दुइ विश्व चर्चित खेलाडीले लिए सन्यास, सन्यास लिदै भने यस्ताे

User Photo शनिबार, असार २१, २०७६
काठमाण्डाै ।

आज विश्वखेलका दुइजना चर्चित खेलाडीहरूले सन्यास लिएकाछन । पाकिस्तानका अलराउन्डर क्रिकेटर शोएब मलिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् भने नेदरल्याण्डका फुटबल स्टार अर्जेन रोबेनले सन्यासको घोषणा गरेका छन ।

आफ्नो २० वर्षे वन डे करियरलाई विश्राम दिँदै मलिकले भनेका छन्, ‘वर्ल्ड कपपछि वन डे करियरबाट सन्यास लिन्छु भनेर मैले पहिले नै भनेको थिएँ, आज म यहाँ यसको घोषणा गर्दछु । मेरा फ्यानहरुलाई धन्यवाद जसले मलाई समर्थन गरे । म सबैलाई माया गर्छु ।’

शोएब मलिकको सन्यासको घोषणापछि उनी पाकिस्तान र भारतमा ट्वीटर टे्रन्डमा छन् । फ्यानहरुले ‘थ्यांक्यू मलिक’ ह्यासट्यागका साथ उनका उपलब्धीहरुको सराहना गरिरहेका छन् ।

शोएब मलिकले सन् १९९९ अक्टुबरमा वेष्टइन्डिजविरुद्धको खेलबाट वन डे करियर सुरुवात गरेका थिए । उनले पाकिस्तानका लागि कुल २८७ खेल खेले । नौ शतक र ४४ अर्धशतकका साथ उनले ७ हजार ५ सय ३४ रन बनाए । उनले १५८ विकेट पनि लिए ।

शोएब मलिक पाकिस्तानको टेस्ट र टी-२० टिमको सदस्य पनि रहे । उनले कुल ३५ टेस्ट म्याच खेले भने तीन शतक र ८ अर्धशतकका साथ कुल १ हजार ८९८ रन बनाए । १११ टी-२० म्याचमा उनले सात अर्धशतकका साथ २ हजार २६३ रन बनाए ।

शोएब मलिकले अन्तिम वन डे जारी विश्व कपमा भारतविरुद्ध १६ जुन खेलेका थिए । यो म्याचमा उनी पहिलो बलमै शून्य रनमा आउट भएका थिए । त्यो खेलमा पाकिस्तान ८९ रनले पराजित भयो ।

भारतविरुद्धको खेलमा पराजित भएपछि ३७ वर्षीय मलिक आलोचकको निशानामा परेका थिए । त्यसपछि जारी विश्वकपमा शोएब टिम बाहिर रहे । शुक्रबारको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हरायो । शोएबले मलिक यो खेलमा पाकिस्तानको प्लेइङ इलाभेनको सदस्य थिएनन् । बंगलादेशविरुद्ध पाकिस्तान विजयी भएपछि शोएब मलिक मैदानमा आएपछि पाकिस्तानी टिमका सबै खेलाडिहरुले दुईतिर उभिएर उनलाई सम्मानस्वरुप गार्ड अफ अनर दिए ।

विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा हुँदा अस्ट्रेलिया, भारत, इंग्ल्याण्ड र न्युजिल्याण्डको स्थान पक्का भएको छ । शुक्रबार बंगलादेशलाई जिते पनि नेट रन रेटमा न्युजिल्याण्डभन्दा पछि परेर पाकिस्तान वर्ल्ड कपबाट बाहिरिएको छ ।

त्यस्तै फुटबल स्टार अर्जेन रोबेनले आफ्नो अन्तिम म्याच जर्मनीको वायर्न म्युनिखका लागि खेले । यद्यपि यही जुनमा उनको सम्झौता समाप्त भयो । ३५ वर्षीय रोबेनले भनेका छन्, सबैलाई थाहा छ कि म वायर्न म्युनिखबाट अलग भएर आफ्नो भविष्यको बारेमा सोचिरहेको थिएँ । अब मैले आफ्नो व्यासायीक करिअर समाप्त गर्ने निर्णय लिएको छु ।’

सन् २०१७ को वर्ल्ड कप क्वालिफायरमा नेदरल्याण्डलाई जिताउन नसकेपछि रोबेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका थिए । यद्यपि उनले फुटबल खेल जारी राखे ।

उनी आफ्नो करियरमा कति सफल रहे भन्ने कुरा उनले अलग-अलग क्लबका लागि १२ पटक उपाधि दिलाएको कुराबाट थाहा हुन्छ । सबैभन्दा धेरै ८ पटक उनले वायर्न म्युनिखलाई, दुई पटक चेल्सीलाई तथा एक-एक पटक रियल मडि्रड र पीएसबी आइन्डहोवेनलाई उपाधि जिताएका छन् ।

रोबेन सन् २००० मा १६ सालको उमेरदेखि फुटबल करियर सुरु गरेका थिए । चेल्सीले उनलाई सन् २००४ मा सामेल गरायो । २००९ मा बायर्न म्युनिखले उनलाई किन्यो र सोही वर्ष रोबिनको टिमले बुन्डेसलिगाको उपाधि जित्यो ।

सन् २०१३ मा च्याम्पियन्स लिगमा उनले बायर्नलाई चेल्सीविरुद्ध जिताएर बुन्डेसलीगाको उपाधि दिलाए । आफ्नो देश नेदरल्याण्डका लागि पनि उनले ९६ खेल खेलेका छन् । सन् २०१० मा फिफा वर्ल्ड कपमा नेदरल्याण्ड उपविजेता हुँदा रोबेन पनि टिममा थिए । त्यो वर्ष स्पेन च्याम्पियन बनेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.