Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

उपसभामुख शिवमाया तुम्बाहाङ्फे पदबाट राजीनामा दिने

सभामुख र उपसभामुख एउटै पार्टीको नहुने भएकाले नेकपाले तुम्बाहाङ्फेलाई राजीनामा गर्न सुझाव दिँदै आएको थियो

User Photo बिहिबार, मंसिर २६, २०७६
काठमाण्डाै ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस ४ गते संसद अधिवेशन बोलाएपछि तुम्बाहाङ्फेले राजीनामा दिने भएकी हुन् ।

सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले तुम्बाहाङ्फेलाई राजीनामा गर्न सुझाव दिँदै आएको थियो ।

नेकपाले तुम्बाहाङ्फेलाई उपसभामुखमा कायमै राखे सभामुख पदमा उम्मेदवारी दिन नपाउने बाध्यता रहेकाले उनलाई राजीनामा गराउन लागिएको नेकपा उच्च स्रोत बताउँछ ।

कृष्णबहादुर महरा महिला दुर्व्यवहार प्रकरणमा मुछिएपछि गत असोज १४ यता खाली सभामुख पदपुर्ति गर्न निर्वाचन गर्नुपर्ने हुन्छ । संविधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने व्यवस्था हुनुका साथै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनैपर्ने अनिवार्य संवैधानिक व्यवस्था छ ।

सत्तारुढ दल नेकपा सभामुख आफ्नो दलको बनाएर उपसभामुख अन्य दललाई दिन चाहान्छ । त्यसका लागि उपसभामुखबाट तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने हुन्छ । त्यसका लागि नेकपा नेतृत्वले उनलाई पटकपटक मनाउने प्रयास गर्दै आएको थियो । अन्ततः तुम्बाहाङ्फे नेतृत्वको दवाव सुझावपछि राजीनामा गरेर सहज वाताबरण बनाउने निष्कर्षमा पुगेकी हुन् ।

उनले भनिन्- म सरसल्लाहमै छु । उपयुक्त समय आएपछि निकास दिनुपर्छ भन्ने ठानेकी छु । यसअघि तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओलीले पटक पटक बोलाएर राजीनामा गर्न सुझाव दिएका थिए ।

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि राजीनामाबारे अनौपचारिक कुराकानी भएको उनले स्वीकार गरिन् । त्यस्तै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वासँग पनि छलफल गरेपछि तुम्वाहाङ्फे राजीनामा गर्ने निष्कर्षमा पुगेकी हुन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.