उपसभामुख शिवमाया तुम्बाहाङ्फे पदबाट राजीनामा दिने

सभामुख र उपसभामुख एउटै पार्टीको नहुने भएकाले नेकपाले तुम्बाहाङ्फेलाई राजीनामा गर्न सुझाव दिँदै आएको थियो
बिहिबार, मंसिर २६, २०७६, काठमाण्डाै । 

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस ४ गते संसद अधिवेशन बोलाएपछि तुम्बाहाङ्फेले राजीनामा दिने भएकी हुन् ।

सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले तुम्बाहाङ्फेलाई राजीनामा गर्न सुझाव दिँदै आएको थियो ।

नेकपाले तुम्बाहाङ्फेलाई उपसभामुखमा कायमै राखे सभामुख पदमा उम्मेदवारी दिन नपाउने बाध्यता रहेकाले उनलाई राजीनामा गराउन लागिएको नेकपा उच्च स्रोत बताउँछ ।

कृष्णबहादुर महरा महिला दुर्व्यवहार प्रकरणमा मुछिएपछि गत असोज १४ यता खाली सभामुख पदपुर्ति गर्न निर्वाचन गर्नुपर्ने हुन्छ । संविधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने व्यवस्था हुनुका साथै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनैपर्ने अनिवार्य संवैधानिक व्यवस्था छ ।

सत्तारुढ दल नेकपा सभामुख आफ्नो दलको बनाएर उपसभामुख अन्य दललाई दिन चाहान्छ । त्यसका लागि उपसभामुखबाट तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने हुन्छ । त्यसका लागि नेकपा नेतृत्वले उनलाई पटकपटक मनाउने प्रयास गर्दै आएको थियो । अन्ततः तुम्बाहाङ्फे नेतृत्वको दवाव सुझावपछि राजीनामा गरेर सहज वाताबरण बनाउने निष्कर्षमा पुगेकी हुन् ।

उनले भनिन्- म सरसल्लाहमै छु । उपयुक्त समय आएपछि निकास दिनुपर्छ भन्ने ठानेकी छु । यसअघि तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओलीले पटक पटक बोलाएर राजीनामा गर्न सुझाव दिएका थिए ।

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि राजीनामाबारे अनौपचारिक कुराकानी भएको उनले स्वीकार गरिन् । त्यस्तै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वासँग पनि छलफल गरेपछि तुम्वाहाङ्फे राजीनामा गर्ने निष्कर्षमा पुगेकी हुन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अन्तरवार्ता अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै