Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

वरुण बेभरेजविरुद्ध कर छली मुद्दा, एक अर्ब ९४ करोड ८८ लाख माग

झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरेर कर छली गरेकाे भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

शुक्रबार, पुस ४, २०७६
काठमाण्डाै ।

राजस्व अनुसन्धान विभागले पेप्सीलगायत पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी वरुण बेभरेजविरुद्ध मूल्य अभिवृद्धि कर (भ्याट) छलीमा एक अर्ब ९४ करोड ८८ लाख मागदाबीसहित मुद्दा दायर गरेको छ।

झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड ९६ लाख रुपैयाँ बिगो तथा बिगोको दोब्बर जरिबाना माग गर्दै बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

विक्रेता र क्रेताबीचको बिलबिजक आपसमा नमिलेको (मिसम्याच) पाइएपछि विभागले अनुसन्धान थालेको थियो। आव ०७०/७१ देखि ०७५/७६ सम्म भ्याट र भ्याट छली गरेर आम्दानी बढाई बढी लाभांश वितरण गरेको भन्दै आयकरतर्फ लाभांशसमेत गरी ६४ करोड ९६ लाख रुपैयाँ कर छली गरेको विभागको अनुसन्धानमा देखिएको छ।

राजस्व छलीमा वरुण बेभरेज प्रालि र यसका तत् समयदेखि सञ्चालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रबिनकुमार अग्रवाल, विनोदकुमार सिंह र अशोककुमारसहित सातलाई विपक्षी बनाई मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए। उनीहरूलाई बिगोको दोब्बरसम्म जरिबाना तथा तीन महिना कैद सजाय माग गरिएको छ।

विभागले वरुण बेभरेज प्रालिबाट एक अर्ब ६० करोड रुपैयाँको बैंक जमानत लिई मुद्दा दायर गरेको हो। ‘वरुण बेभरेजले कारोबार देखाएका कम्पनीसँग वास्तविक रूपमा मालवस्तु खरिद नै नगरी झुटो र नक्कली भ्याट बिल बनाएर भ्याट छली गरेको पाइयो,’ विभागका एक अनुसन्धान अधिकृतले भने।

महानिर्देशक मैनालीका अनुसार विभागले ११ अर्ब रूपैयाँ राजस्व छलीको अनुसन्धान टुंग्याइसकेको छ। यीमध्ये अधिकांशको मुद्दा दायर भइसकेको छ। केही मुद्दा दायर हुने क्रममा छन्। नक्कली भ्याट बिल कारोबारमा उच्चतम कारोबार गर्नेमा बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज एक हो।

फर्महरूको खरिद खाता र बिक्री खातामा कारोबार गरेका कम्पनीसँगको कारोबार भिडाएर हेर्दा उक्त कारोबार नमिलेपछि उनीहरू भ्याट छलीको दायरामा आएका हुन्। राजस्व अनुसन्धान विभागका अनुसार यसमा १२५ विक्रेताले कारोबार देखाएका नौ सय खरिदकर्ता फर्म छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.