Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

अमेरिकी सेनाको हवाई अड्डामा इरानले गर्याे ब्यालेस्टिक मिसाइल आक्रमण

आक्रमणबाट अमेरिकी हवाई अड्डामा हताहती भएको छ या छैन भन्नेबारे प्रष्ट हुन बाँकी

User Photo बुधबार, पुस २३, २०७६
काठमाण्डाै ।

इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो ।

अमेरिकाको रक्षा विभागले इरबिल र अल-असदका अलग-अलग सैन्य अखडामा इरानबाट मिसाइल आक्रमण भएको पुष्टि गरेको छ ।पेन्टागनका अनुसार, मिसाइल आक्रमणबाट अमेरिकी हवाई अड्डामा हताहती भएको छ या छैन भन्नेबारे प्रष्ट हुन बाँकी छ ।

इरानी सरकारी टेलिभिजनले इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा आफ्ना सैन्य कमान्डरको ज्यान गएकाले त्यसको बदलास्वरूप प्रतिआक्रमण गरिएको इरानी रिभोलुसनरी गार्डको भनाइ छ ।

सुलेमानीको मंगलबार अन्त्येष्टि गरिएलगत्तै इरानले अमेरिकी सेनामाथि आक्रमण गरेको हो । इरानले अमेरिकालाई सहयोग गर्दै आएकाहरुलाई पनि आक्रमण गर्ने चेतावनी दिएको छ । इराकस्थित सैन्य क्याम्पहरुलाई स्थानीयले आवासलगायतका पूर्वाधारमा सहयोग गर्दै आएका छन् ।

आफ्ना सैन्य अखडामा भएको आक्रमणबारे अहिलेसम्म ट्रम्पले धारणा सार्वजनिक गरिसकेका छैनन् । यद्यपि, हृवाइटहाउसले एक विज्ञप्ति जारी गर्दै इरानलाई कसरी जवाफ दिने भन्नेबारे परामर्श भइरहेको जनाएको छ ।

‘इराकमा रहेका अमेरिकी सेनामाथि भएको आक्रमणको रिपोर्टले हामी सतर्क छौं । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराएर राष्ट्रिय सुरक्षा समूहसँग परामर्श गरिरहेका छौं’, हृवाइट हाउसकी प्रवक्ता स्टेफनी ग्रिसमले विज्ञप्ति जारी गर्दै भनेकी छन् ।

गत शुक्रबार बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको ड्रोन आक्रमणमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीसहित ६ जना मारिएका थिए । घटनापछि इरान र अमेरिकाबीचको कटुता उत्कर्षमा पुगेको छ । इरानले आफ्ना सैन्य कमान्डरको हत्याको बदला लिने पूर्वघोषणा अनुरूप आक्रमण थालेपछि मध्यपूर्व अशान्त बन्न लागेको भन्दै चिन्ता व्यक्त हुन थालेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.