Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

श्रीलङ्कामाथि भारतको जित

User Photo बुधबार, पुस २३, २०७६
काठमाण्डाै ।

श्रीलङ्काविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ । भारतको इन्डोरमा मङ्गलबार राति भएको खेलमा भारतले पाहुना टोली श्रीलङ्कालाई सात विकेटले हरायो । जीतसँगै भारतले तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । दुई टोलीबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो ।

श्रीलङ्काले दिएको एक सय ४३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । भारतको लागि लोकेश राहुलले सर्वाधिक ४५ रन बनाए । श्रेयस आयरले ३४, शिखर धवनले ३२ र कप्तान विराट कोहली अविजित २४ रन बनाए । श्रीलंकाका वाविन्दु हसरंगाले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो । श्रीलंकाका कुशल परेराले ३४, अभिस्का फर्नान्डोले २२ र दनुस्का गुनाथिलकाले २० रन बनाए । भारतका सार्दुल ठाकुरले तीन विकेट लिए । नाभदीप सैनी र कुलदीप यादवले दुई दुई विकेट लिएका थिए । तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.