Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 2, 2026
बुधबार, जेष्ठ २०, २०८३

विमान दुर्घटना, यात्रु र चालक दल सबैको मृत्यु

User Photo बुधबार, पुस २३, २०७६
काठमाण्डाै ।

इरानमा भएको विमान दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको छ। इरानको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार चालक दलका सदस्य सहित सवार १८० जना यात्रुको मृत्यु भएको हो।

तेहरानबाट युक्रेन उडेको इंटरनेशनल एयरलाइन फ्लाइटको बोइङ ७३७–८०० जेट इरानी राजधानी तेहरानको दक्षिण–पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

इरानी अधिकारीहरुले विमान दुर्घटनामा कसैलाई जिवित भेटिने सम्भावना नरहेको बताएका छन्। विमान तेहराइनस्थित विमानस्थलबाट युक्रेनको किभस्थित बोर्यस्पिल विमानस्थलका लागि उडेको केही क्षणमै दुर्घटनामा परेको हो।

इरानले इरामा रहेका अमेरिकी सेनाको दुई आधार शिविरमा मिसाइल आक्रमण गरेको केहि घण्टापछि विमान दुर्घटना भएको हो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.