Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

नेपालबाट भारत पुगेका ‘अन्डरवल्र्ड डन’ पटनाबाट गिरफ्तार

एजाजसहित तीन जना गिरफ्तार

User Photo बिहिबार, पुस २४, २०७६
काठमाण्डाै ।

नेपालबाट भारत पुगेका एक ‘अन्डरवल्र्ड डन’लाई भारतीय प्रहरीले पटनाबाट गिरफ्तार गरेको छ । कुनै समय अन्डरवर्ल्ड डन दाउद इब्राहिमका निकट सहयोगी मानिएका एजाज लकडावालालाई मुम्बई प्रहरीले पटनाबाट गिरफ्तार गरेको हो । मुम्बई प्रहरीले उनलाई पक्राउ गरिएको जानकारी बिहीबार दिएको हो । प्रहरीका अनुसार उनलाई बुधबार पक्राउ गरिएको हो ।

भारतीय संचारमाध्यमका अनुसार अन्डरवर्ल्डका अर्का डन छोटा राजनसँग निकट भएपछि दाउदको समूहले सन् २००३ मा एजाजमाथि बैंककमा हमला गरेको थियो । सो हमलामा उनी मारिएको चर्चा भए पनि उनी जीवितै रहेको रहस्य निकै पछि खुलेको थियो ।

सो हमलापछि एजाज क्यानाडा पलायन भए । क्यानाडामा उनी एकपटक गिरफ्तारसमेत भएका थिए । केही दिनमै रिहा भएपछि उनी भूमिगत भएर अन्डरवर्ल्डमा सक्रिय भएको बताइन्छ । भारतका विभिन्न सहरमा पछिल्लो समय एजाजको समूहले आफ्नो प्रभाव बढाएको, धम्क्याएर व्यापारीहरुबाट ठूलो परिमाणमा रकम असुली गर्ने गरेको थियो ।

मुम्बइ प्रहरीका अनुसार एजाजकी छोरी सोनिया शेखलाई केही दिनअघि मुम्बइबाट पक्राउ गरिएको थियो । उनी नेपालतर्फ भाग्ने तयारी गरिरहँदा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

नक्कली राहदानीका आधारमा विदेश जाने योजनाका साथ नेपाल जाने तयारी गरिरहेको अवस्थामा सोनियालाई पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको हो ।

एजाजकै छोरीसँगको सोधपुछका क्रममा एजाज ८ जनवरीमा पटना आउने जानकारी प्रहरीले जुटाएको थियो । सोही आधारमा मुम्बइ प्रहरीको एउटा टोली पटना पुगेको थियो । पटना प्रहरीको सहयोगमा एजाजसहित तीन जनालाई गिरफ्तार गरिएको मुम्बई प्रहरीले जनाएको छ ।

सुरुवातमा दाउदका लागि काम गरेका एजाजले छोटा राजनसँग सम्बन्ध बढाए । छोटा राजनको ‘सुटर’ का रुपमा काम गर्दागर्दै उनले सन् २००८ देखि आफ्नो छुट्टै समूह बनाएर ‘अन्डरवल्र्ड’ को दुनियाँमा प्रभाव बढाएको मुम्बई प्रहरीको भनाइ छ ।

भारतमा एजाजविरुद्ध दुई दर्जनभन्दा बढी आपराधिक मुद्दा दायर भएको बताइएको छ ।

नेपालमा रहँदा एजाज कहाँ बसेका थिए भन्नेबारे भारतीय सञ्चारमाध्यमले केही खुलाएका छैनन् । उनी कहिलेदेखि कहिलेसम्म नेपालमा रहे भन्ने प्रष्ट पारिएको छैन । यद्यपि उनी नेपालबाहेक बेलायत, मलेसिया लगायतका मुलुकमा समेत बस्ने गरेको जनाइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.