अन्डरवल्र्ड डन गिरफ्तार

नेपालबाट भारत पुगेका ‘अन्डरवल्र्ड डन’ पटनाबाट गिरफ्तार

एजाजसहित तीन जना गिरफ्तार
बिहिबार, पुस २४, २०७६, काठमाण्डाै । 

नेपालबाट भारत पुगेका एक ‘अन्डरवल्र्ड डन’लाई भारतीय प्रहरीले पटनाबाट गिरफ्तार गरेको छ । कुनै समय अन्डरवर्ल्ड डन दाउद इब्राहिमका निकट सहयोगी मानिएका एजाज लकडावालालाई मुम्बई प्रहरीले पटनाबाट गिरफ्तार गरेको हो । मुम्बई प्रहरीले उनलाई पक्राउ गरिएको जानकारी बिहीबार दिएको हो । प्रहरीका अनुसार उनलाई बुधबार पक्राउ गरिएको हो ।

भारतीय संचारमाध्यमका अनुसार अन्डरवर्ल्डका अर्का डन छोटा राजनसँग निकट भएपछि दाउदको समूहले सन् २००३ मा एजाजमाथि बैंककमा हमला गरेको थियो । सो हमलामा उनी मारिएको चर्चा भए पनि उनी जीवितै रहेको रहस्य निकै पछि खुलेको थियो ।

सो हमलापछि एजाज क्यानाडा पलायन भए । क्यानाडामा उनी एकपटक गिरफ्तारसमेत भएका थिए । केही दिनमै रिहा भएपछि उनी भूमिगत भएर अन्डरवर्ल्डमा सक्रिय भएको बताइन्छ । भारतका विभिन्न सहरमा पछिल्लो समय एजाजको समूहले आफ्नो प्रभाव बढाएको, धम्क्याएर व्यापारीहरुबाट ठूलो परिमाणमा रकम असुली गर्ने गरेको थियो ।

मुम्बइ प्रहरीका अनुसार एजाजकी छोरी सोनिया शेखलाई केही दिनअघि मुम्बइबाट पक्राउ गरिएको थियो । उनी नेपालतर्फ भाग्ने तयारी गरिरहँदा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

नक्कली राहदानीका आधारमा विदेश जाने योजनाका साथ नेपाल जाने तयारी गरिरहेको अवस्थामा सोनियालाई पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको हो ।

एजाजकै छोरीसँगको सोधपुछका क्रममा एजाज ८ जनवरीमा पटना आउने जानकारी प्रहरीले जुटाएको थियो । सोही आधारमा मुम्बइ प्रहरीको एउटा टोली पटना पुगेको थियो । पटना प्रहरीको सहयोगमा एजाजसहित तीन जनालाई गिरफ्तार गरिएको मुम्बई प्रहरीले जनाएको छ ।

सुरुवातमा दाउदका लागि काम गरेका एजाजले छोटा राजनसँग सम्बन्ध बढाए । छोटा राजनको ‘सुटर’ का रुपमा काम गर्दागर्दै उनले सन् २००८ देखि आफ्नो छुट्टै समूह बनाएर ‘अन्डरवल्र्ड’ को दुनियाँमा प्रभाव बढाएको मुम्बई प्रहरीको भनाइ छ ।

भारतमा एजाजविरुद्ध दुई दर्जनभन्दा बढी आपराधिक मुद्दा दायर भएको बताइएको छ ।

नेपालमा रहँदा एजाज कहाँ बसेका थिए भन्नेबारे भारतीय सञ्चारमाध्यमले केही खुलाएका छैनन् । उनी कहिलेदेखि कहिलेसम्म नेपालमा रहे भन्ने प्रष्ट पारिएको छैन । यद्यपि उनी नेपालबाहेक बेलायत, मलेसिया लगायतका मुलुकमा समेत बस्ने गरेको जनाइएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अदालत / कानुन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै