Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 2, 2026
बुधबार, जेष्ठ २०, २०८३

पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्यारा

घटनामा संलग्न २ जना अझै फरार

User Photo मङ्लबार, माघ २१, २०७६
काठमाण्डाै ।

गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या गरिएको अवस्थामा भेटिएकी हेटौंडा उपमहानगरपालिका –११ की तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ ।

मृत अवस्थामा फेला परेकी अजिताको हत्या भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको १५ औं दिनमा हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

समहमतिमा यौन सम्पर्क र पछि पैसा दिने क्रममा कुरा नमिल्दा विवाद भएको र अजिताको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा रहेका छन् ।

एसपी राठौरका अनुसार सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको टकको क्याबिनमा चारैजनाले यौनसम्पर्क गरेको र पैसामा कुरा नमिलेपछि अजिताको हत्या भएको हो ।

पैसामा कुरा नमिलेपछि ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर मारेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । हत्या गरेर शव उनीहरुले ट्रकमै राखेर क्याम्पाडाँडामा लगेर फालेको प्रहरीसमक्ष बयान दिएका छन् ।

हत्यापछि अजिताको मोबाइल आशिषले लगेको पाइएको छ । बुद्ध लामाले अजिताको हत्यापछि मोबाइल दिएका थिए । आशिष र एलिसा श्रीमान–श्रीमती हुन् ।

त्यसपछि आशिषले आफ्नी पत्नी एलिसालाई दिए अजिताको हराएको मोबाइल । उक्त मोबाइल ‘अन’ भएपछि जिताको हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटनामा संलग्न २ जना अझै फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

2 responses to “पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्यारा”

  1. यस्ता पापीहरूलाइ पनि मार्नुपर्छ । अनि मृतककाे आत्माले शान्ती पाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.