तेस्रो लिङ्गी हत्या

पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्यारा

घटनामा संलग्न २ जना अझै फरार
मङ्लबार, माघ २१, २०७६, काठमाण्डाै । 

गत माघ ४ गते बिहान हेटौंडाको क्याम्पडाँडामा हत्या गरिएको अवस्थामा भेटिएकी हेटौंडा उपमहानगरपालिका –११ की तेस्रो लिङ्गी अजिता भुजेलको हत्यामा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ ।

मृत अवस्थामा फेला परेकी अजिताको हत्या भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको १५ औं दिनमा हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

समहमतिमा यौन सम्पर्क र पछि पैसा दिने क्रममा कुरा नमिल्दा विवाद भएको र अजिताको हत्या भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको मकवानपुर प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा रहेका छन् ।

एसपी राठौरका अनुसार सिमोन परियारले ल्याएको ना ६ ख ६५२७ नम्बरको टकको क्याबिनमा चारैजनाले यौनसम्पर्क गरेको र पैसामा कुरा नमिलेपछि अजिताको हत्या भएको हो ।

पैसामा कुरा नमिलेपछि ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर मारेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । हत्या गरेर शव उनीहरुले ट्रकमै राखेर क्याम्पाडाँडामा लगेर फालेको प्रहरीसमक्ष बयान दिएका छन् ।

हत्यापछि अजिताको मोबाइल आशिषले लगेको पाइएको छ । बुद्ध लामाले अजिताको हत्यापछि मोबाइल दिएका थिए । आशिष र एलिसा श्रीमान–श्रीमती हुन् ।

त्यसपछि आशिषले आफ्नी पत्नी एलिसालाई दिए अजिताको हराएको मोबाइल । उक्त मोबाइल ‘अन’ भएपछि जिताको हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटनामा संलग्न २ जना अझै फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै