Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

भाइरल ज्वरोलाई कोरोना ठानेरआत्महत्या

कोरोना भाइरसको एकजना पनि संक्रमित भेटिएका छैन

User Photo बुधबार, माघ २९, २०७६
काठमाण्डाै ।

चीनको ऊहानबाट संसारभरी फैलिरहेको कोरोना भाइरसका भारतमा तीन घटनामात्रै देखिएका छन् तर भाइरसको संक्रमणको डर भने जताततै व्याप्त छ ।

गलबार भारतको आन्ध्र प्रदेशमा ५० वर्षीय एक व्यक्तिले कोरोना भाइरसद्वारा संक्रमित भएको शंकामा फाँसी लगाएर आत्महत्या गरेका छन् । उनले आफ्नी श्रीमती र बच्चाहरुलाई उक्त संक्रमणबाट बचाउन यस्तो कदम उठाएको भारतीय संचार माध्यमले बताएको छ ।

मृतकको पहिचान बाला कृष्णाहदको रुपमा भएको छ । कृष्णाको परिवारका अनुसार भाइरल ज्वरो आइरहेका बेला उनले इन्टरनेटमा कोरोना भाइरससँग सम्बन्धित भिडियो हेरेका थिए । त्यसपछि उनी आफूलाई पनि कोरोना भाइरसले आक्रमण गरेको हो कि भन्ने शंका लाग्यो । मंगलबार कृष्णा आफ्नो परिवारका सदस्यलाई घरमा बन्द गरेर आफ्नी आमाको चिहानमा गए ।

त्यसपछि कृष्णाकी श्रीमती लक्ष्मी देवीले चिच्यापछि छिमेकीले ढोका खोलिदिए तर त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो । लक्ष्मी देवी र अन्य मानिसहरु कृष्णाकी आमालाई गाडिएको चिहानमा पुगिसक्दा कृष्णाले रुखमा झुण्डिएर आत्महत्या गरिसकेका थिए ।

तिरुपतीका डाक्टरले जब मृतक कृष्णाको परीक्षण गरे तब उनीहरुले कोरोनाको कुनै पनि लक्षण नभेटेको भारतीय संचार माध्यमले बताएका छन् । उनी सामान्य भाइरल ज्वरोबाट ग्रस्त भएको डाक्टरले बताए ।

स्मरण रहोस्, आन्ध्र प्रदेशमा कोरोना भाइरसको एकजना पनि संक्रमित भेटिएका छैनन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.