Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

भारत आउदै डोनाल्ड ट्रम्प, ‘नमस्ते ट्रम्प’ समारोहमा सहभागी हुने

भारत पुग्न आतुर भएको प्रतिक्रिया

User Photo सोमवार, फाल्गुन १२, २०७६
काठमाण्डाै ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजबाट भारतको दुईदिने भ्रमण गर्दैछन् । श्रीमती मेलानियासँगै भारततर्फ उड्नुअघि उनले भारत पुग्न आफू आतुर भएको प्रतिक्रिया पत्रकारहरुलाई दिएका छन् ।

उनले भनेका छन्, ‘म भारतका कराडौं जनतासँग भेट्न उत्सुक छु । प्रधानमन्त्री मोदी मेरो साथी हुन् । उनीसँग मेरो राम्रो सम्बन्ध छ । मैले धेरै पहिले नै भारत भ्रमण गर्ने वाचा गरेको थिएँ । अब म भारत जान उत्साहित छु ।’

सोमबार अहमदाबादमा आयोजना हुने ‘नमस्ते ट्रम्प’ समारोहमा उनी सहभागी हुने छन् । सो समारोहमा लाखौं भारतीय नागरिक सहभागी हुने र त्यसलाई ट्रम्पले सम्बोधन गर्ने बताइएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई स्वागत गर्न आफू आतुर भएको बताएका छन् । मोदीले भनेका छन्, ‘यो सम्मानको कुरा हो कि उनी सोमबार हामीसँग हुनेछन् । अहमदाबादमा ऐतिहासिक कार्यक्रमबाट भ्रमण सुरु हुनेछ ।’

यसैबीच भारतको प्रमुख प्रतिपक्षी कांग्रेस पार्टीले मोदी भ्रमणको पूर्वसन्ध्यामा दर्जन बढी प्रश्नहरु उठाएको छ ।

कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले अमेरिका र तालिबानबीच शान्ति सम्झौता हुन लागेको प्रसंग झिक्दै पत्रकारहरुसँग भनेका छन्, ‘भारतले यो कुरा भुल्न हुँदैन कि भारतको विमानलाई तालिवानले नै अपहरण गरेर कान्धाहारमा ओरालेको थियो, जसका कारण भारतले मसुद अजहरलाई रिहा गर्नु परेको थियो ।’

अहमदाबादमा हुन लागेको ‘नमस्ते ट्रम्प’ कार्यक्रममा पनि उनले प्रश्न उठाए । सुरजेवालाले भनेका छन्, ‘ट्रम्प सरकारले एच–१ बी भिसामा कठोर छ । ७० प्रतिशत भारतीय एच–१ बी भिसा भएको कुरा हामीले बिर्सनु हुँदैन । सन् २०१५ मा ६ प्रतिशत भारतीयको एच–१ बी भिसा खारेज गरिएको थियो भने अहिले यो संख्या २४ प्रतिशत पुगेको छ ।’

उनले भने, ‘अहमदाबादमा लाखौं भारतीय जनताको सहभागीतामा हुने समारोहमा नरेन्द्र मोदीले के यो कुरालाई ध्यान दिन्छन् ? एच–१ बी भिसाप्रति नरम हुन ट्रम्पलाई भन्न सक्छन् ?’

के हो एच–१ बी भिसा ?

एच–१ बी भिसाको सुरुवात सन् १९९० मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले गरेका थिए । यो भिसा यस्ता आप्रवासीहरुलाई दिइन्छ, जो खास कामका लागि कुशल मानिन्छन् ।

विशेषगरी सूचना प्रविधि क्षेत्रमा काम गर्ने धेरैले यो भिसा पाएका छन् । हरेक वर्ष भारत र चीनका हजारौं कर्मचारीहरुले यसै भिसामार्फत् अमेरिकामा नोकरी पाउँछन् ।

अमेरिकी कम्पनीले जुन व्यक्तिलाई कामका लागि बोलाउँछ, त्यसको तर्फबाट सम्वन्धित व्यक्तिले एच–१ बी भिसाका लागि आवेदन दिनुपर्छ । एच–१ बी भिसाबाट सबैभन्दा धेरै भारतीय नागरिकहरु लाभान्वित भएको मानिन्छ । अमेरिकाका बैंकिङ, ट्राभल, आईटी जस्ता क्षेत्रहरुमा एच–१ बी भिसा प्राप्त धेरै भारतीय नागरिकहरु कार्यरत रहेको बताइन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.