Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

भारतमा चलिरहेकाे प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुग्याे

१८९ जना घाइते, घाइतेको उचित उपचारको प्रबन्ध गर्न अदालतकाे आदेश

User Photo बुधबार, फाल्गुन १४, २०७६
काठमाण्डाै ।

भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन ऐनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ । गुरु तेग बहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील गौतमलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार २० जनाको ज्यान गइसकेको छ भने १८९ जना घाइते छन् ।

दिल्ली उच्च अदालतले मध्यरातमा घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न आदेश दिएको छ । उच्चअदालतका न्यायाधीशद्वय एस मुरलीधर र अनुन भंवानीले राति साढे बाह्र बजे मानवअधिकारवादी वकील सुरुर मंदरको रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।

अदालतले अल–हिंद अस्पतालमा उपचाररत घाइतेहरूलाई जीटीबी अस्पताल वा त्यहाँ लैजान नसक्ने हो भने एलएनजेपी, मौलाना आजाद अस्पताल वा अन्य सरकारी अस्पतालमा लैजान भनिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दुई दिने भारत भ्रमणका क्रममा दिल्लीका विभिन्न क्षेत्रमा थप हिंसा चर्किएको हो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.