Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 27, 2026
बिहिबार, जेष्ठ १४, २०८३

अनुगमन पछि पेट्रोल पम्पमा लाइन घट्याे

पम्पहरूलाई कारबाही गर्न थालेपछि सबै पम्पमा बिक्री सुरू

User Photo बिहिबार, चैत्र ६, २०७६
काठमाण्डाै ।

कोरोनो भाइरसको त्रास देखाएर बजारमा व्यापारीको लापरबाही बढेपछि उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पेट्रोल पम्पको अनुगमन गरेका छन् ।

बुधबार बिहान मन्त्रीले पम्प अनुगमन गरेपछि दिउँसो पेट्रोल पम्पमा लाइन न्यून देखिएको छ । उपत्यकाका सबै पम्पले पेट्रोलियम पदार्थ बिक्री गरेपछि उपभोक्ता लामो लाइन बस्नु परेन ।

बुधबार सामान्य लाइन भएको र लामो लाइन हटिसकेको नेपाल आयल निगमले जनाएको छ । बिहीबार पूर्ण रूपमै लाइन हट्ने निगमको दाबी छ । गएको आइतबारदेखि पम्पहरूमा पेट्रोल र डिजेल भर्नेको लामो लाइन देखिएको थियो तर बुधबार भने लाइन घटेको छ । सरकारले पम्पहरूलाई कारबाही गर्न थालेपछि बुधबार सबै पम्पले बिक्री गरेका छन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.