
कोरोनो भाइरसको त्रास देखाएर बजारमा व्यापारीको लापरबाही बढेपछि उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पेट्रोल पम्पको अनुगमन गरेका छन् ।
बुधबार बिहान मन्त्रीले पम्प अनुगमन गरेपछि दिउँसो पेट्रोल पम्पमा लाइन न्यून देखिएको छ । उपत्यकाका सबै पम्पले पेट्रोलियम पदार्थ बिक्री गरेपछि उपभोक्ता लामो लाइन बस्नु परेन ।
बुधबार सामान्य लाइन भएको र लामो लाइन हटिसकेको नेपाल आयल निगमले जनाएको छ । बिहीबार पूर्ण रूपमै लाइन हट्ने निगमको दाबी छ । गएको आइतबारदेखि पम्पहरूमा पेट्रोल र डिजेल भर्नेको लामो लाइन देखिएको थियो तर बुधबार भने लाइन घटेको छ । सरकारले पम्पहरूलाई कारबाही गर्न थालेपछि बुधबार सबै पम्पले बिक्री गरेका छन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द