Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

अमेरिकाले गर्याे कोरोना विरुद्ध दुई खर्ब डलरको आपतकालीन राहत प्याकेज

User Photo शनिबार, चैत्र १५, २०७६
काठमाण्डाै ।

अमेरिकाले कोरोना विरुद्ध दुई खर्ब डलरको आपत्‌कालीन राहत प्याकेजलाई अनुमोदन गरेको छ । यो अमेरिकी इतिहासकै सर्वाधिक ठूलो राहत प्याकेज हो ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट उत्पन्न आर्थिक संकट लाई निस्तेज पार्न ल्याएको प्रस्ताविक विधेयक, कंग्रेसबाट पारित भएपछि शुक्रबार नै राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्। कंग्रेसमा विधेयकलाई अनुमोदन गर्ने क्रममा दुवै पार्टी, रिपब्लिकन र डेमोक्रयाट्कि एकमत भएका थिए। विधेयकमाथि केही दिनको विवादपछि पछि गत बुधबार कंग्रेसको माथिल्लो सदन सिनेटले शून्यका विरुद्व ९६ मतसहित पास गरेको थियो। आठ सय ८० पेजको सो विधेयकमाथि शुक्रबार कंग्रेसको तल्लो सदन हाउसले पास गरेको हो।

कोभिड १९ बाट अमेरिकामा सर्वाधिक एक लाख बढी संक्रमित भइसकेका छन भने एक हजार ६ सय बढीको मृत्यु भइसकेको छ।

अमेरिकाका पचासै राज्यमा संक्रमण फैलिएको र अर्थ व्यवसाय चौपट पर्दै गएको पृष्ठभूमिमा गत एक साताभित्र झण्डै ३३ लाख अमेरिकीले बेरोजगारी भत्ताको लागि आवेदन दिएको अमेरिकी श्रम विभागले बुधबार जारी गरेको रिपोर्टमा उल्लेख छ। अधिंकाश प्रमुख सहरमा व्यापार व्यवसाय ठप्प रहेको छ।

राष्ट्रपति ट्रम्पले ओभल अफिसको विधेयक हस्ताक्षर कार्यक्रममा भने ‘यो आपत्कालीन प्याकेजले अमेरिकी परिवार, कामदार एवम व्यबसायलाई तत्काल राहत दिनेछ।’

कानुनतः अब अमेरिकी सरकारले प्रत्यक्षरुपमा नागरिकहरुलाई राहत रकम उपलब्ध गराउने छ भने राज्य सरकारलाई सहयोग गर्नेछ। त्यसैगरी व्यवसायलाई सहुलियत दरमा ऋण प्रदान गर्नेछ। दुई खर्ब डलरको प्याकेजअन्तर्गत ५ सय अर्ब डलर ठूला उद्योग एवम व्यवसायको ऋणका लागि तोकिएको छ भने साना व्यवसायका लागि ३६७ अर्ब डलर विनियोजन गरिएको छ।

राज्य एवम स्थानीय सरकारहरुले १५० अर्ब डलर पाउने छन भने अस्पतालका लागि १३० अर्ब डलर रकम छुटट्याईएको छ। राहत प्याकेजअन्तर्गत व्यक्ति एवम परिवारलाई दिइने ‘चेक’ का लागि २५० अर्ब डलर छुटट्याइएको छ। गत वर्षको कर दाखिलाको आधारमा वार्षिक ७५ हजार डलरसम्म आम्दानी गर्ने व्यक्तिले एक हजार दुई सय डलरको राहत चेक पाउनेछन भने एवम दम्पतीको हकमा एक लाख ५० लाख डलरसम्मको आम्दानी गर्नेले दुई हजार चार सयको चेक प्राप्त गर्नेछ। परिवारको हरेक बच्चाका लागि ५ सय डलर छुटट्याइएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.