Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 30, 2026
आइतवार, जेष्ठ १७, २०८३

७६ दिनकाे लकडाउन हटेपछि वुहान (फाेटाे फिचर)

एकै दिन ५५ हजारभन्दा बढी यात्रु रेलमार्फत वुहानबाट यात्रामा

User Photo बुधबार, चैत्र २६, २०७६
काठमाण्डाै ।

डिसेम्बरको अन्तिममा हुबेई प्रान्तको राजधानी वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो। कोरोना भाइरसको संक्रमण अन्यत्र फैलिन नदिनका लागि भन्दै चीनले गत जनवरी २३ मा वुहानलाई लकडाउन गरिएको थियो। बुधबारदेखि वुहानका नागरिक चीनको अन्य ठाउँ जान पाउने भएका छन्। वुहानका रेल्वे अधिकारीहरुका अनुसार बुधबार मात्रै ५५ हजारभन्दा बढी यात्रु रेलमार्फत वुहानबाट यात्रा गर्दैछन्।

७६ दिनपछि वुहानको सीमा खुलाइए पनि केही प्रतिबन्ध भने कायमै हुने चिनियाँ अधिकारीले जनाएका छन्। कोरोना संक्रमण नियन्त्रणउन्मुख हुँदै गएपछि चीनको जनजीवन सामान्यतर्फ गएको छ। इपिसेन्टर नै मानिएको वुहानमा लकडाउन हटाइएपछि चीनको जनजीवन पूर्ववत् अवस्थामा फर्किएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्। याङ्त्सी नदीको किनारमा रहेको औद्योगिक हब मानिने वुहानमा मात्रै कोरोना भाइरसको संक्रमणबाट २ हजार ५ सयको मृत्यु भएको थियो।

वुहानको दैनिकी सामान्य बनेपछिको दृश्य, तस्बिर : सिन्‍ह्‍वा

त्यस्तै वुहानमा मात्रै ५० हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। चीनमा पुष्टि भएकोमध्ये ७७ प्रतिशत संक्रमण वुहानमा मात्रै भएको थियो। कोरोना संक्रमण न्यूनीकरणका लागि भन्दै चीनले करिब २ महिनासम्म वुहानका व्यावसायिक प्रतिष्ठान, यातायातका साधन बन्द गर्नुका साथै स्थानीयलाई तरकारी किन्नका लागि पसलसम्म जान पनि दिइएको थिएन।

अहिले विश्वका २ सयभन्दा बढी देशमा कोरोना संक्रमण फैलिइसकेको छ भने करिब १४ लाख व्यक्ति संक्रमित भएका छन् भने ८२ हजारभन्दा बढीको मृत्यु भएको छ।

वुहानको तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलमा सामूहिक फोटो खिचाउँदै स्वास्थ्यकर्मीहरु, तस्बिर : रोयटर्स

वुहानबाट हान्‍कौ रेल्वे स्टेसनका लागि छुट्‍न लागेको रेलबाट बाहिर चियाउँदै एक प्रहरी, तस्बिर : रोयटर्स


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.