Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

लम्कीमा काेराेना पुष्टी भएकी महिला १४ दिन क्वारेन्टाइन राखेर नेगेटिभ भन्दै छाेडिएकाे थियाे

User Photo सोमवार, बैशाख १, २०७७
काठमाण्डाै ।

कैलालीको लम्की चुहा नगरपालिकामा काेराेना पुष्टी भएकी महिला, लम्की बहुमुखी क्याम्पसमा ५१ जना राखिएकाे क्वारेन्टाइनमा राखिएको र   र्यापिड टेस्टमा नेगेटिभ देखिएपछि १४ दिन क्वारेन्टाइनमा राखेर छाेडिएको खुलेकाे छ ।

वीरगञ्ज नाकामा सामान्य चियापसल सञ्चालन गर्दै आएकी ती महिलासहित १७ जना चैत्र ९ गते लम्की आएका थिए। नेपालबाटै आएपछि उनी भुरुवामा आफन्तको घरमा बसोबास गरेकी थिइन्। सीमा नाकाबाट आएको भन्दै उनलाई जनप्रतिनिधिहरुले क्वारेन्टाइनमा राख्न लगाएका थिए।

चैत्र २५ गते काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमा बसेका ५१ जनामध्ये ४४ जनाको र्‍यापिड टेष्ट गरेको थियो। र्‍यापिड टेस्टमा नेगेटिभ देखिएपछि उनलाई १४ दिनपछि क्वारेन्टाइनबाट छाडिएको थियो। क्वारेन्टाइनबाट छाडिएपछि उनी आफन्तको बस्न थालेकी थिइन्।

र्‍यापिड टेस्टमा नेगेटिभ आएपनि टोलीले स्वाब समेत संकलन गरी काठमाडौं लगेको थियो। काठमाडौंमा गरिएको परीक्षणमा महिलामा पोजेटिभ देखिएपछि ती महिलालाई आइसोलेनसमा राख्ने तयारी भइरहेको छ।

संक्रमण पुष्टि भएकी महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसुलेसनमा राख्नका लागि लगिएको छ। उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको तर उनी पहिलेदेखि नै दमको रोगी रहेकाे पनि खेलेकाेछ ।

यसअघि लम्की चुहानगरपालिका वडा नं. ९ स्थित सरस्वतीमाविमा रहेका २१ वर्षीय एक युवकमा समेत कोरोना पोजेटिभ देखिएको थियो। उनी भारतको मुम्बइबाट नेपाल आएका थिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.