लम्कीमा काेराेना पुष्टी भएकी महिला १४ दिन क्वारेन्टाइन राखेर नेगेटिभ भन्दै छाेडिएकाे थियाे

सोमवार, बैशाख १, २०७७, काठमाण्डाै । 

कैलालीको लम्की चुहा नगरपालिकामा काेराेना पुष्टी भएकी महिला, लम्की बहुमुखी क्याम्पसमा ५१ जना राखिएकाे क्वारेन्टाइनमा राखिएको र   र्यापिड टेस्टमा नेगेटिभ देखिएपछि १४ दिन क्वारेन्टाइनमा राखेर छाेडिएको खुलेकाे छ ।

वीरगञ्ज नाकामा सामान्य चियापसल सञ्चालन गर्दै आएकी ती महिलासहित १७ जना चैत्र ९ गते लम्की आएका थिए। नेपालबाटै आएपछि उनी भुरुवामा आफन्तको घरमा बसोबास गरेकी थिइन्। सीमा नाकाबाट आएको भन्दै उनलाई जनप्रतिनिधिहरुले क्वारेन्टाइनमा राख्न लगाएका थिए।

चैत्र २५ गते काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले क्वारेन्टाइनमा बसेका ५१ जनामध्ये ४४ जनाको र्‍यापिड टेष्ट गरेको थियो। र्‍यापिड टेस्टमा नेगेटिभ देखिएपछि उनलाई १४ दिनपछि क्वारेन्टाइनबाट छाडिएको थियो। क्वारेन्टाइनबाट छाडिएपछि उनी आफन्तको बस्न थालेकी थिइन्।

र्‍यापिड टेस्टमा नेगेटिभ आएपनि टोलीले स्वाब समेत संकलन गरी काठमाडौं लगेको थियो। काठमाडौंमा गरिएको परीक्षणमा महिलामा पोजेटिभ देखिएपछि ती महिलालाई आइसोलेनसमा राख्ने तयारी भइरहेको छ।

संक्रमण पुष्टि भएकी महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसुलेसनमा राख्नका लागि लगिएको छ। उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको तर उनी पहिलेदेखि नै दमको रोगी रहेकाे पनि खेलेकाेछ ।

यसअघि लम्की चुहानगरपालिका वडा नं. ९ स्थित सरस्वतीमाविमा रहेका २१ वर्षीय एक युवकमा समेत कोरोना पोजेटिभ देखिएको थियो। उनी भारतको मुम्बइबाट नेपाल आएका थिए।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै