Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

लम्कीका युवक केहीबेरमा डिस्चार्ज हुँदै

User Photo आइतवार, बैशाख ७, २०७७
काठमाण्डाै ।

धनगढी। कैलालीको लम्कीका २१ वर्षीय युवकले कोरोना भाइरस (कोभिड–१९)लाई जितेका छन्। १६ दिनअघि सेती प्रादेशीक अस्पताल भर्ना भएका युवकको आइतबार केहीबेरमा डिस्चार्ज हुँदैछ।

उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई, लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज हुन लागेका हुन्। उनको दुई वटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार ४ बजेपछि घर पठाउने तयारी गरिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ।

सेती प्रादेशीक अस्पतालमा पाँच कारोना संक्रमितको उपचार भइरहेको थियो। अब सेतीमा चारजना विरामी उपचाररत छन्। शनिबार मात्र बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार गराइरहेकी ६५ वर्षीय महिला र काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी युवतीको डिस्चार्ज भएको थियो। यसअघि माघ ९ गते नै एक युवक कोरोनालाई जितेर डिस्चार्ज भएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ३० जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये चारजना उपचारपछि डिस्चार्ज भएका छन्। अन्य २७ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.