Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

ज्ञानेन्द्र शाहीलाई छाेड्न सर्वाेच्चकाे आदेश

User Photo मङ्लबार, बैशाख १६, २०७७
काठमाण्डाै ।

सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाहीलाई छाड्न आदेश दिएको छ। सर्वोच्च अदालतले मंगलबार एक आदेश दिँदै उनलाई छाड्न आदेश दिएको हो।

केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट पक्राउ गरेर थुनामा राखेपछि उनको तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यसअघि २४ घण्टाभित्र उनलाई पेश गर्दै उनलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको थियो। सोही रिटमाथि सर्वोच्चले उनलाई छाड्न आदेश दिएको हो।

सर्वोच्च अदालत र महान्यायाधीवक्ता कार्यालयले मातहतका कार्यालय तथा प्रहरीलाई मुलुकी अपराध संहिता कार्यविधि २०७४ को दफा १५ अनुसार गम्भीर किसिमका अपराधमा संलग्न अभियुक्तलाई पछि हाजिर गराउने गरी आफन्तको जिम्मा लगाउन निर्देशन दिएको थियो।

निवेदकले उक्त निर्देशन तथा कानुनी व्यवस्थाको उल्लंघन गर्दै शाहीलाई थुनामै राखिएको दाबी गरेपछि सर्वोच्चले कारण पेश गर्न भनेको थियो।

आदेशमा शाही र उनीसँगै पक्राउ परेका शक्तिराज शाहीलाई पनि पेशीका दिन उनीहरुविरुद्ध लागेको अभियोगको सक्कल फाइलसहित उपस्थित गराउन भनिएको थियो। शक्तिराज शाही पनि छुटेका छन्।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले शाहीद्वयलाई छाड्ने आदेश दिएको हो।

शाहीद्वयलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.