Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

घरेलु मदिरा सेवनले तीन दिनमा ५ जनाकाे मृत्यु

User Photo बिहिबार, बैशाख १८, २०७७
काठमाण्डाै ।

महोत्तरीमा घरेलु मदिरा सेवनले तीन दिनमा ५ जनाकाे मृत्यु भएकाे छ। भङ्गहा नगरपालिका वडा नम्बर ७ का ४५ वर्षीय सिकिन्द्र चौधरीकाे बुधबार राति मृत्यु भयाे । त्यसैगरी मंगलबार राति स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मृत्यु भएको वडा नं. ७ का वडाध्यक्ष वासुदेव सिंह थारुले जानकारी दिए।

उनका अनुसार मंगलबार साँझदेखि बुधबार बिहानसम्ममा उनीहरुकाे मृत्यु भएको हाे । सबै रक्सी पिउने व्यक्ति भएकाले विषाक्त मदिराकै कारण उनीहरुको मृत्यु भएको अनुमान गरिएकाे वडाध्यक्ष सिंहले बताए ।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले शव पोस्टमार्टम नगरी रक्सीकै कारण मृत्यु भएको निष्कर्षमा पुग्न भने नसिकने बताए ।

‘केही मानिस झाडापखालाबाट, केही रक्सी नखाने व्यक्तिको पनि मृत्युु भएको छ,’ उनले भने, ‘एक जनाको पोस्टमार्टमका लागि शवलाइ नियन्त्रणमा लिन प्रहरीको टोली शव जलाउने ठाउँमा पठाएका छौं। पोस्टमार्टम पछि मात्र केही भन्न सकिन्छ।’

सिकिन्द्र चौधरी शव लाई पोस्टमाट्मका लागि जिल्ला अस्पताल महोत्तरी लगिएको छ ।

यसैबीच मृतक लालबाबुको घरबाट प्रहरीले रक्सी बरामद गरेको छ। यसकाे परिक्षण गरिने प्रहरीले जनाएको छ।

यसअघि चैत पहिलो साता धनुषाको रमदैया र जनकपुरमा पनि विषाक्त मदिरा पिएकै कारण २४ जनाकाे ज्यान गएको थियो


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.