
महोत्तरीमा घरेलु मदिरा सेवनले तीन दिनमा ५ जनाकाे मृत्यु भएकाे छ। भङ्गहा नगरपालिका वडा नम्बर ७ का ४५ वर्षीय सिकिन्द्र चौधरीकाे बुधबार राति मृत्यु भयाे । त्यसैगरी मंगलबार राति स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मृत्यु भएको वडा नं. ७ का वडाध्यक्ष वासुदेव सिंह थारुले जानकारी दिए।
उनका अनुसार मंगलबार साँझदेखि बुधबार बिहानसम्ममा उनीहरुकाे मृत्यु भएको हाे । सबै रक्सी पिउने व्यक्ति भएकाले विषाक्त मदिराकै कारण उनीहरुको मृत्यु भएको अनुमान गरिएकाे वडाध्यक्ष सिंहले बताए ।
महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले शव पोस्टमार्टम नगरी रक्सीकै कारण मृत्यु भएको निष्कर्षमा पुग्न भने नसिकने बताए ।
‘केही मानिस झाडापखालाबाट, केही रक्सी नखाने व्यक्तिको पनि मृत्युु भएको छ,’ उनले भने, ‘एक जनाको पोस्टमार्टमका लागि शवलाइ नियन्त्रणमा लिन प्रहरीको टोली शव जलाउने ठाउँमा पठाएका छौं। पोस्टमार्टम पछि मात्र केही भन्न सकिन्छ।’
सिकिन्द्र चौधरी शव लाई पोस्टमाट्मका लागि जिल्ला अस्पताल महोत्तरी लगिएको छ ।
यसैबीच मृतक लालबाबुको घरबाट प्रहरीले रक्सी बरामद गरेको छ। यसकाे परिक्षण गरिने प्रहरीले जनाएको छ।
यसअघि चैत पहिलो साता धनुषाको रमदैया र जनकपुरमा पनि विषाक्त मदिरा पिएकै कारण २४ जनाकाे ज्यान गएको थियो
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द