Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 1, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

भारतमा एक दिनमा १ सय ७५ जनाको मृत्यु, ४ हजार नयाँ संक्रमित

User Photo मङ्लबार, बैशाख २३, २०७७
काठमाण्डाै ।

कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा मंगलबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ६६ पुगेकाे छ भने संक्रमितकाे संख्या ४६ हजार ४ सय ३७ पुगेकाे छ । यसैबीच १२ हजार ८ सय ४७ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ९ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १ सय ७५ जनाको मृत्यु भएको छ । भारतमा साेमबार बिहनसम्म मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ९१ थियाे भने संक्रमित संख्या ४२ हजार ५ सय ५ थियाे ।

भारतको लोकपाल सभाका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको जनाइएको छ ।

काेराेनाकाे संक्रमण बढ्दै गएपछि भारतीय सरकाले मे १७ (जेठ ४) सम्म लकडाउन गरेकाे छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । पुन: १५ अप्रिलमा दोस्रो चरणको लकडाउन थपिएको थियो । दोस्रो चरणको लकडाउन अाइतबार सकिएकाे थियाे ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.