Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

बाबा कृपा समूह र फोटो पत्रकार महासंघ, झापा शाखा द्वारा राहत वितरण

User Photo मङ्लबार, बैशाख २३, २०७७
काठमाण्डाै ।

बाबा कृपा समूह र नेपाल फोटो पत्रकार महासंघ, झापा शाखाले चारपानेका ६१ जनालाई खाद्य सामाग्री वितरण गरेको छ। उदयपुर, गाइघाट, ताप्लेजुङ, पाँचथर लगायत बाहिरी जिल्लाबाट आएर ब्लक उद्योगमा काम गरिरहेका कुल १६ परिवारलाई अत्यावश्यक सामाग्रीहरु वितरण गरिएको हो।

उनिहरु परिवार सहित चारपानेमै बसोबास गरि ब्लक उद्याेगमा काम गरिरहेका थिए । तर लक डाउन भए यता काम ठप्प छ र अन्य आयस्राेत पनि छैन।

डकडाउनले घर फर्किन पनि पाएका छैनन्, न त काम गर्न पाइरहेकाछन । ससाना टहरामा बस्दै आएका ६१ जनामा २५ जनाभन्दा बढी बालबालिकाहरु रहेका छन्।

उद्योगकै छेउमा बनाइएका स-साना टहरामा बस्दै आएका उनीहरु जोखिमपूर्ण जीवन बिताईरहेका छन् ।

बाबा कृपा समूह बिर्तामोड क्षेत्रका युवाहरूको समूह हो। विभिन्न बिपत्तिका समयमा उनिहरुले दैनिक बजेटको केही अंश छुट्याएर सहयोग गर्दै आइरहेकाछन।

हामिले उहाँहरुको पीडा सुनेर बिर्तामोड क्षेत्रमै यस्तो अवस्था आउनु राम्रो होइन भन्ने लाग्यो र सहयोग गरेका हौं, सो समुहका एक सदस्य सुजित अग्रवालले भने।

त्यस्तै फोटो पत्रकार महासंघका लोकेश अधिकारीले यस्तो अप्ठ्यारो परिस्थितिमा सबैले एकअर्कालाई सहयोग गर्नु पर्ने बताए।

‘स्थानीय निकायले वितरण गरेको राहत सामाग्री सकिएको, साहुले पनि ज्यालाबाट काटिने सर्तमा मात्र रासन दिन सक्ने बताएपछि उहाँहरुको चुलो निभ्ने अवस्था आएको बुझ्यौ र सहयोग गरेका हौं’ फोटो पत्रकार महासंघ झापाका कोषाध्यक्ष शरद जोशिले जानकारी दिए।

सामाग्री हस्तान्तरण गर्नेक्रममा बाबाकृपाका सदस्यहरु निरज बंशल, जीवन बिट्टु बंशल, सुजित अग्रवाल लगायतको उपस्थिति थियो भने, फोटो पत्रकार महासंघका शरद जोशी, लोकेश अधिकारी लगायतको उपस्थिती थियो।

खाद्य सामाग्री पाईसकेपछी आफुहरु आफ्नो गाउँ भन्दा टाढा भएपनी सबैको माया पाएकोमा मजदुरहरूले खुसी व्यक्त गरेकाछन।

    


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.