कैलाली को टीकापुरमा ३५ बर्ष पछि एयरपोर्ट आजदेखि संचालन भएको छ । तारा एयरको १९ सिट क्षमता भएको प्लेन आज अवतरण भएर १९ जना चालक दल सहित २:२० मा उडान भरेको थियो ।
आजदेखि ब्यवसायिक उडान शुरुभएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी ले बताउनुभयो । मन्त्री चौधरी ले अब टीकापुर लम्कि भजनि, जोशिपुर, जानकि लगायतका जनता ढुक्क भएहुन्छ उडान नरोकिने बताउनुभयो ।
धावन मार्ग पिच बनाउने र बिस्तार गर्ने सम्बन्धमा आफुहरु गम्भिर भएको र छिट्टै निष्कर्ष निस्किने मन्त्री चौधरी को भनाइ थियो । टीकापुर नगरपालिका का मेयर रामलाल डगौरा थारुले १५ जना यात्रु नपुगेमा नगरपालिकाले आर्थिक ब्योहोर्ने सहमति तारा एयर र यति एयर सँग सम्झौता भएको थियो । तर यात्रु खचाखच भरिनाले पनि टीकापुरमा एयरपोर्टको कति आवश्यकता रहेको छ प्रष्ट भएको बताउनुभयो ।
टीकट नपाउँदा ७ जना यात्रु फिर्ता समेत भएका थिए । हाललाई हप्तामा दुइ दिन ब्यवसायिक उडान भर्ने भनिएपनि आवश्यकता अनुसार दैनिक उडान गर्ने मेयर रामलाल डगौराले बताउनुभयो । टीकापुर बाट काठमाडौ को भाडादर ९ हजार रुपैयाँ मात्रै रहेको छ ।
